राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन बुझायो

राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन बुझायो
कपन अनलाइन
काठमाडौं ,फागुन ६।
राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ।

राष्ट्रिय महिला आयोगको अध्यक्ष सहित पदाधिकारीहरुको टोली गएर बैतडी घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्री राम बहादुर थापा लाई फागुन  ५ गते हस्तान्तरण गरिएको छ ।

स्थलगत प्रतिवेदनले पीडकलाई चाँडो भन्दा चाँडो कारवाहीको दायरामा ल्याई हदनै सम्म दण्ड सजाय गर्न र पिडितको परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिको सिफारिस सहित  राष्ट्रिय महिला आयोगको माननीय अध्यक्ष कमला पराजुलीज्युको नेतृत्वमा गएको  टोलीले माघ २१ गते बैतडी जिल्लामा घटेको भागीरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाको छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन बुझाएको हो ।
स्थलगत अध्ययन र अनुगमनका लागि राष्ट्रिय महिला आयोगका आयुक्त  कृष्ण कुमारी पौडेल खतिवडाको नेतृत्वमा आयोगको टोली बैतडीको दोगडाकेदार पुगेको थियो।
तपाइँको प्रतिक्रिया ।