कपन डुवान प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयहरु संग डा. राजन भट्टराईको अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं ,फागुन ५।

कपन डुवान समस्या समाधानका लागि टेन्डर आव्हान भए लगत्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयहरु संग अन्तरक्रिया गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई,नेकपा काठमाडौं जिल्ला सचिवालय सदस्य मिठाराम अधिकारी,नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई , स्थानीय टोल सुधार समितिका अध्यक्ष राजन आचार्य सहित आनिगुम्बा क्षेत्रका डुवान पिडित स्थानीयहरुको उपस्थिति रहेको थियो।

लामो समय देखि डुवानको समस्या भोग्दै आएका साततले देखि आनिगुम्बा क्षेत्र सम्मका कपनवासीहरुको मागलाई सम्बोधन गर्दै ब्लक कल्भर्ट निर्माणका लागि ४५ करोडको टेन्डर आव्हान भएपछि सो योजनाको वारेमा स्थानीयहरु संग चरणवद्ध  अन्तरक्रिया शुरु गरिएको हो।

हरेक वर्षामा घर भित्र पसेको पानी फाल्न तयार भएर बस्नुपर्ने बाध्यतामा परेका स्थानीय,हरसम्भव प्रयास गर्दा पनि समस्या समाधान नहुँदा आजित भएर सामाजिक संजालमा अपिल गर्नुपर्ने अवस्थामा पुगेका जनप्रतिनिधि, यहि विषयको वारेमा हजारौ शव्द खर्च गरेका संचार माध्यम र सामाजिक संजालमा आक्रोस पोख्दै चित्त बुझाउने पिडित देखि कवितामा डुवान रोक्न भगवान संग अनुरोध गर्ने नगरप्रमुख र पटक पटक स्थलगत अनुगमन गर्ने प्रतिनिधि सभा सदस्य र प्रदेस सभा सदस्य सम्मको प्रत्यक्ष चासो र चिन्ता रहेको डुवान समस्या समाधानका नगरपालिकाले बिज्ञहरुको सहयोगमा अध्ययन गरी यो योजना अगाढी बढाएको हो।

उक्त अन्तरक्रियामा बुढानिलकण्ठ नगरपालिका वडा नं १०, ११  ,१२ र काठमाडौं महानगरपालिका वडा नं ६ का विभिन्न क्षेत्रमा रहेको यज्ञमति खोलाको साततले-आनिगुम्बा खण्डको निर्माणलाई अगाडी बढाउनका लागि छलफल गरिएको थियो ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।