अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाइने

अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाइने
कपन अनलाइन
काठमाडौं ,माघ ३०।
विभिन्न सामाजिक संघ संस्थाकाे साझा सहकार्यमा १३ ओँ अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाइने भएको छ ।शुक्रबार काठमाडौंमा भएको सराेकारवाला संघसंस्थाकाे छलफलले आउदो फागुन ८ , ९ र १० गते विविध कार्यक्रमकाे आयोजना गरेर उक्त दिवस मनाउन लागेको हाे । फ्रिडम फर अल नेपाल (फान) काे केन्द्रीय कार्यालय नागपाेखरी काठमाडौंमा भएकाे छलफलले फागुन ८ गते माइतीघरमा शान्तिपूर्ण प्रदर्शन ,९ गते सम्बन्धित विषयमा कार्यपत्र सहित संवाद तथा छलफल र १० गते उक्त संवाद तथा छलफलकाे निष्कर्ष सहित प्रधानमन्त्री कार्यालय अन्तर्गत सामाजिक विकास शाखामा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
कार्यक्रम व्यवस्थापन गर्न संयुक्त आयाेजक समिति सहित अन्य सम्पुर्ण सराेकारवाला संघसंस्थालाई सहकार्यकाे लागि बैठकले आह्वान समेत गरेको छ ।उक्त कार्यक्रमकाे सचिवालय संयाेजन तथा सहजिकरणकाे लागि फानलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा फानकाे तर्फबाट उपाध्यक्ष राजु सुन्दास ,उपाध्यक्ष सिमा खान ,महासचिव खगेन्द्र ओली,सचिव डाक्टर जाेमेश वड,कार्य समिति सदस्य कर्ण नेपाली, देविसरा बादी लगाएतकाे सहभागीता थियो ।
यस्तै गाउ (GAAU) संस्था बाट सिताराम घले,साेच नेपाल बाट अर्जुन परियार ,युथ एड्भोकेसी  नेपालका तर्फबाट अध्यक्ष नरेन्द्र खतिवडा , राष्ट्रिय जेष्ठ नागरिक महासंघ बाट महासचिव छत्र प्रधान,निल हिरा समाज बाट भक्ति शाह र अपेक्षा दाहाल , एड्भोकेसी फाेरम नेपाल बाट कुमार प्रसाद थपलिया, नेपाल अपांग महिला संघ दिपा खनाल आदिकाे सहभागीता रहेको थियो ।शुक्रबार भएको छलफलले अन्य सामाजिक संघ संस्था र नागरिक समाजलाई उक्त दिवस भब्यताका साथ मनाउन सहभागी भै दिन अनुरोध गरेको छ ।
विभिन्न तह र क्षेत्रमा बस्ने मानिस समान ढङ्गले आत्मसम्मानका साथ कानुनी तथा व्यवहारिक रुपमा बाँच्न पाउनुपर्ने र राज्यको सेवा सुविधा लक्षित बर्गकाे पहुँच सम्म पुर्याउन राज्यलाई थप नागरिक स्तर बाट दबाब दिनुपर्ने आवश्यकता रहेको समेत छलफल भएको थियो ।नेपालको सन्दर्भमा जातीय तथा धार्मिक, सांस्कृतिक र आर्थिक विविधताका बीचमा बस्ने मानिस समान तरिकाले आत्मसम्मान सहित आफ्न हक–अधिकार व्यवहारिक रुपमा प्रयोग गर्न समेत नपाएको बिषयमा छलफल भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।