जसपाका केन्द्रीय सदस्य हवारी नेकपा ओली समूहमा प्रवेश

जसपाका केन्द्रीय सदस्य हवारी नेकपा ओली समूहमा प्रवेश

कपन अनलाइन

काठमाडौं ,माघ ३०।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् ।पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए।

तपाइँको प्रतिक्रिया ।