१११ औं अन्तर्राष्ट्रिय महिला दिवस भौतिक उपस्थितीमै हुन्छ : मन्त्री जुली महतो

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस भौतिक उपस्थितीमै हुन्छ : मन्त्री जुली महतो

कपन अनलाइन
काठमाडौँ, माघ ३०। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस भौतिक उपस्थितीमै भव्यताका साथ मनाइने बताएकि छन ।
मन्त्रालयद्वारा विहीवार आयोजित कार्यक्रममा मन्त्री महतोले विश्वभर मनाइने यस दिवसलाई महिला सशक्तिकरणको मुद्दासँग जोडेर पर्वकै रुपमा मनाउन आग्रह गरेकी हुन्  ।
मार्च ८ अर्थात फागुन २४ गते मनाइने यस दिवसको तयारीको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री महतोले सबै सामाजिक सङ्घ संस्था, अधिकारकर्मी तथा महिलाको समग्र मुद्दाको उठानमा योगदान पुर्याईरहेका  व्यक्ति संस्था, विज्ञलगायतबाट प्राप्त सुभावलाई समेत समेट्दै मन्त्रालयले सबैसँगको सहकार्यमा दिवस मनाइने बताउनुभयो ।
साथै अन्तार्राष्ट्रिय स्तरमै मनाइदै आएको ग्रामिण महिला दिवस अक्टोवर १५ का सन्दर्भमा पनि छलफल अगाडि बढाइने मन्त्री महतोले बताइन ।
सो अवसरमा ४० वर्षमाथिका महिलालाई बैदेशिक रोजगारीमा जाँदा स्थानिय तहको समेत अनुमति लिनुपर्ने शीर्षकको बुधवार सार्वजनिक भएको समाचारमा कुनै सत्यता नभएको उनले स्पष्ट पारेकी थिइन्  ।
मन्त्रालयका सचिव यामकुमारी खतिवडाले अन्तर्राष्ट्रिय स्तरमै मनाइने यस दिवस व्यवस्थित र भव्यताका साथ मनाउन सरोकारवाला सबै संस्थासँगको सहकार्य गरिने बताएकि छन  ।
कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सन्दर्भमा कार्यक्रमको खाका, राष्ट्रिय नारा तय गर्ने विषयमा छलफल भएको थियो ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘वुमन इन लिडरसिपः अचिविङ एन इक्वल फ्युचर इन अ कोभिड–१९ वर्ल्ड ’ तय भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।