पन्चेश्वर मन्दिर बुढानिलकण्ठमा महिलाहरुको पाठेघरको मुख र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

पन्चेश्वर मन्दिर बुढानिलकण्ठमा महिलाहरुको पाठेघरको मुख र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ २९ ।बूढानीलकण्ठ नगरपालिका नगरकार्यपालिकाको कार्यालय र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन र मेडीसिटी हस्पिटलको   सह-आयोजनामा एकदिने “महिलाको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण” शिविर सम्पन्न भएको  छ। बुधबार बूढानीलकण्ठ नगरपालिका वडा नं ३ पञ्चेश्वर प्राङ्गणमा बिहान १०:३० देखि २:३० सम्म सञ्चालन भएको उक्त शिबिरमा  महिलाहरुमा हुने विभिन्न किसिमका पाठेघर सम्बन्धि विभिन्न रोगहरुको प्रारम्भिक परिक्षण तथा पाठेघर क्यान्सरका बारेमा महिलाहरुमध्येमा चेतना तथा जानकारी प्रदान गरिएको थियो ।

उक्त स्वास्थ्य शिबिरमा ८३ जना महिलाहरुको परिक्षण गरिएको जस मध्ये १३ जनाको आङ खस्ने समस्या, बिभिन्न संक्रमण भएका १२जनाको तत्काल औषधी बाट उपचार गरिएको समाजसेवी बाल माया श्रेष्ठले जानकारी गराएकी छिन ।उपचार विधि जटिल र महँगो हुने क्यान्सर रोगका कारण हरेक वर्ष सयौं महिलाहरुले पठेघर सम्बन्धी रोग तथा क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन्। सोहि क्रममा महिलाहरुको पाठघर स्वस्थ राख्नका लागि चेतनाका साथै महिलाहरुलाई यस विषयमा महत्वपूर्ण जानकारीहरु प्रदान गर्नका लागि सो शिविर आयोजना गरिएको पनि उनले बताइन।

उनले हरेक महिलाहरुले  ३\३ बर्षमा पाठेघर तथा स्तन क्यान्सर परीक्षण(VIA Test) गराइ  स्वास्थ्य हुन अनुरोध गर्दै  क्यान्सर रोगले धन र जन दुवैको क्षति गर्ने  भएको बेलैमा सचेत हुन  समेत अनुरोध गरेकी छिन  । कार्यक्रम संयोजकको रुपमा  गृहिणी महिला संघ नेपाल, श्री पञ्चेश्वर महिला समाज र शिवपुरी जागृत क्लब रहेका थिए सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधीकृत बैकुण्ठ सापकोटाको पनि उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।