चाबहिल सरस्वती नगरमा स्वेता रक्तदान अभियानको रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ २६ । सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका साथ शुरु गरिएको स्वेता रक्तदान अभियान २०२१ अन्तर्गत चाबहिल सरस्वती नगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार भएको सो कार्यक्रममा १० पिन्ट रगत संकलन भएको अभियानकर्ता स्वेता श्रेष्ठले जानकारी गराएकी छिन् ।
सरस्वती नगरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय रक्तसञ्चारका डाइरेक्टर दिब्य राज पौडेल, काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा सदस्य कमला बयलकोटी, नेपाल रेडक्रस चाबहिल बौद्ध उपशाखाका स्वास्थ्यकर्मी, रिलायन्स कलेजका विद्यार्थीको उपस्थिती रहेको थियो । विश्वव्यापि कोरोना महामारी संगै नेपालमा पनि रगतको अभाव देखिएकोले सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्य लिएर आफूले अभियान शुरु गरेको बताउने अभियानकर्ता स्वेता श्रेष्ठले सो अभियान सफल बनाउनको लागि रक्तदान गरि सहयोग गर्न समेत अनुरोध गरेकी छिन।