वर्ल्ड रेकर्डको प्रमाणपत्र लिएर स्वदेश फर्किए सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर

वर्ल्ड रेकर्डको प्रमाणपत्र लिएर स्वदेश फर्किए सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर

कपन अनलाइन 

काठमाडौं माघ २६।लगातार चार घण्टासम्म गीत गाएर वर्ल्ड रेकर्ड कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कीर्तिमानीको प्रमाणपत्र लिएर स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रमाणपत्र लिन उनी केही दिनअघि पुगेका हुन्।राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा आधिकारिकता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। प्रमाणपत्र लिने कार्यक्रममा राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री मानन्धरले गत पुस १० गते लगातार ४ घण्टा पाँच मिनेट २० सेकेण्ड गीत प्रस्तुत गरे वर्ल्ड रेकर्ड कायम गरेका हुन्। प्रमाणपत्र लिन दिल्ली पुगेका मन्त्री मानन्धर र त्यहाँका विभिन्न क्षेत्रका प्रतिनिधिबीच अनौपचारिक छलफल समेत भएको छ। दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली लगायतसँग मन्त्री मानन्धरले नेपाल भारत द्विपक्षीय सबन्धलगायतका विषयमा छलफल भएको छ। केही साताअघि भारतले नेपाललाई कोभिड– १९ को महामारीसँग जुझ्न १० लाख डोप खोप सहयोग उपलब्ध गराएको थियो। छलफलको क्रममा राज्यमन्त्री मानन्धरले सो सहयोगको लागि धन्यवाद ज्ञापन पनि गरेका छन्।

तपाइँको प्रतिक्रिया ।