साँखु जेसिजको २१ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

साँखु जेसिजको २१ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ २६। साँखु जेसिजको २१ औं  पदस्थापन तथा पुरस्कार वितरण  कार्यक्रम सम्पन्न भएको  छ । साँखु जेसिजको   भक्ति ब्याम्बो कटेज साँखुमा माघ २४ गते एक कार्यक्रमका बीच साँखु  जेसिज वर्ष २०२० का अध्यक्ष सरोज कुइकेलको सभापतित्वमा भएको पदस्थापन कार्यक्रममा नया कार्यसमिति समेत  चयन गरिएको थियो  ।साँखु जेसिजको बर्ष २०२१को अध्यक्ष मा सुजन श्रेष्ठ  चुनिएका छन। सोहि कार्यक्रममा निर्वाचित अध्यक्ष सुजन श्रेष्ठलाइ  वर्ष २०२० का अध्यक्ष  सरोज कुइकेलले  चेन हस्तान्तरण सहित सपथग्रहण गराई पदस्थापन गराएका हुन् । यसैगरी अध्यक्षजेसी  सुजन श्रेष्ठले  वर्ष २०२१ का लागि मनोनित गरिएका  सदस्य र निर्वाचित सदस्यहरुलाई सामुहिक सपथ ग्रहण गराएका थिए ।

उक्त पदस्थापन कार्यक्रमको  उद्घाटन गर्दै शंखरापुर नगरपालिकाका प्रमुख  सुवर्ण श्रेष्ठले नयाँ नेतृत्व जन्माउन जेसिजको  महत्व पुर्ण भुमिका रहेको  बताउदै नयाँ नेतृत्वले समाजलाइ अगाडी बढाउनु पर्ने बताएका थिए । कोरोना कहरको  बेला बाहिर निस्कन मुस्किल रहेको  अवस्थामा पनि साँखु जेसिजले जन चेतना मुलक कार्यक्रमहरू संचालन गरेर नगरपालिकालाइ सहयोग गरेको स्मरण गर्दै धन्यबाद ज्ञापन गरेका थिए । उनलेलकडाउनका कारण समस्यामा परेकाहरूलाइ राहत दिने कार्यमा पनि अग्रपंक्तिमा रहेर काम गरेको भन्दै   सामाजिक कार्यमा समेज जेसिज अग्रणी रहेको बताएका थिए  ।

त्यसै गरि कार्यक्रममा शंखरापुर नगरपालिका  वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले जेसिजले साँखुमा राम्रो काम गरिरहेको  बताउदै जेसिजको आफ्नै  भवन बनाउन  आफ्नो तर्फा बाट गर्न पर्ने सहयोग गर्न तयार रहेको बताएका थिए  ।

कार्यक्रममा साँखु जेसिजको  मातृ शाखा काठमाडौं लेडिज जेसिजका अध्यक्ष रींकु बज्रर्चायले साँखु जेसिजले गरेका कामहरूको  चर्चा गर्दै साँखु जेसिजको  काम बाट आफुहरुले गौरब अनुभव गरेको बताएकी थिइन्  ।कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरूमा सामाजिक भावनाको विकास गराउँदै उनीहरूको व्यक्तित्व विकास जस्ता विविध पक्षलाई अघि बढाउन साँखु  जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै  साँखु  जेसिज बर्ष २०२१का अध्यक्ष सुजन  श्रेष्ठले आफ्नो  कार्यकालमा गरिने कार्यहरुको बिवरण पेश गर्दै आफनो भनाई राखेका थिए।उनले  सबैसँग मिलेर युवाहरुको नेतृत्व क्षमता विकासका साथै समाजसेवाको क्षेत्रमा पनि  साँखु जेसिजलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।  कार्यक्रममा साँखुका राष्ट्रिय कलाकार कृष्ण गोपाल श्रेष्ठ, युवा प्रतिभा प्रसन्ना श्रेष्ठ र समाज सेवी राजेश श्रेष्ठलाइ अवार्डबाट सम्मान गरिएको थियो ।कार्यक्रममा शंखरापुर नगरपालिकाकी उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग साँखुका  कार्यालय प्रमुख प्रहरी निरीक्षक जानुका देबी  खरेल,लगायत जेसिजका पदाधिकारीहरुकोउपस्थिति रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।