कांगेस नेता रामहरी खतिवडा र नवराज केसीको पहलमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्दार

कांगेस नेता रामहरी खतिवडा र नवराज केसीको पहलमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्दार

कपन अनलाइन

ओखलढुंगा ,माघ २५

कांगेस नेता रामहरी खतिवडा र नवराज केसीको पहलमा चम्पदेवीबाट सुत्केरी महिलाको उद्दार गरिएको छ। प्रसुती सेवाका लागि स्वास्थ्य चौकि फेदिगुठ बर्थिङ्ग सेन्टरमा पुगेकी शान्ता कार्कि बुढाथोकीको उपचार सो स्थानमा सम्भव नभए पछि उनलाई हेलिकप्टरको प्रेयोग गरेर काठमाडौं लगिएको स्थानीय युवा मनोज बुढाथोकीले जानकारी दिएका छन ।

नेता द्वयको पहलमा हेलिकप्टरको व्यवस्था भए पछि कार्कीलाई काठमाडौं लान सकिएको भन्दै स्थानीयहरुले उनीहरुलाई धन्यवाद समेत दिएको बुढाथोकीले बताएका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।