बुढानिलकण्ठका पुर्व प्रमुख प्रशासकीय अधिकृत रिसाल बने अख्तियारको प्रवक्ता

बुढानिलकण्ठका पुर्व प्रमुख प्रशासकीय अधिकृत रिसाल बने अख्तियारको प्रवक्ता

कपन अनलाइन

काठमाडौं ,माघ २०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् ।आयोगले प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकेको हो ।

यसअघि आयोगको प्रवक्तामा तारानाथ अधिकारी थिए । रिसालले  यस अघि बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन।

आयोगले प्रवक्तालाई टेलिफोन नं. ०१–५२६२१७७ र मोबाइल नं. ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।