काठमाडौं क्षेत्र नं ४ का १२ वडामा नेकपा (ओली पक्ष ) का वडा कमिटी अध्यक्ष चयन ,को को बने ?
कपन अनलाइन
काठमाडौं ,माघ २०।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडामा ओली पक्षले वडा कमिटी अध्यक्ष चयन गरेको छ। काठमाडौं महानगरपालिकाका वडा नं १ ,७,८ र ३० तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नं १ ,२ , ८,९,१०,११,१२ र १३ रहेको काठमाडौं क्षेत्र नं ४ मा रहेका सबै वडा कमिटीहरुलाई पूर्णता दिने क्रममा अध्यक्ष तथा सदस्यहरु चयन गरिएका हुन।
नेकपमा पछिल्लो समय देखिएको विवाद संगै काठमाडौं महानगरपालिका र नगरपालिकामा वडा कमिटी चयन गर्ने क्रममा सबै वडाहरुका पार्टी सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको एक नेताले जानकारी दिएका छन।
काठमाडौं क्षेत्र नं ४ का १२ वडाका वडा कमिटी अध्यक्षहरु :
काठमाडौं महानगरपालिका:
वडा नं १ : भरतलाल श्रेष्ठ
वडा नं ७ : दिपेन्द्र पुडासैनी
वडा नं ८ : कृष्णमान श्रेष्ठ
वडा नं ३० : कृष्णभक्त खड्गी
बुढानिलकण्ठ नगरपालिका
वडा नं १: हरि भारती
वडा नं २ : राजेन्द्र श्रेष्ठ
वडा नं ८ :बिनोद थापा
वडा नं ९: दिलिप थिङ्ग
वडा नं १० : जगत प्रसाद निरौला
वडा नं ११ : कृष्ण भट्टराई
वडा नं १२ : शंकर भट्टराई
वडा नं १३ : टिकेस नारायण श्रेष्ठ