दक्षिणकाली नगरपालिकाको घर भाडामा लिने सम्बन्धि सार्वजनिक सुचना

दक्षिणकाली नगरपालिकाको  घर भाडामा लिने सम्बन्धि सार्वजनिक   सुचना

कपन अनलाइन

काठमाडौं माघ २०।  दक्षिणकाली नगरपालिकाले घर भाडामा लिने सम्बन्धि सर्वाजनिक  सुचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठ द्वारा जारी गरिएको उक्त सुचनामा  दक्षिणकाली नगरपालिका नगर कार्यपालिकाबाट सेवा प्रवाहका लागि भवन भाडामा आवश्यक भएको हुँदा तपशिल्को कागजात तथा मापदण्ड पुगेका इच्छुक घरधनीहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफुले लिन चाहेको मासिक भाडा दर खुलाई कार्यालय बाट प्राप्त फारम भरि पेश गर्न सम्बन्धित सबैको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ।

तपशिल

१) यातायात सहजै पुग्ने व्यवस्था भएको

२) साबिक कार्यालय बाट १०० मिटरको दुरी भित्र

३) ज्येष्ठ नागरिक ,अशक्त सहजै पुग्न सक्ने

४ ) धारा बिजुली जडान भएको र सौचालय सुबिधा भएको

५) कम्तिमा १२ कोठा हुनु पर्ने

६) घर पूर्ण रुपमा खालि भएको हुनुपर्ने

आवश्यक कागजातपत्रहरु

७) नगरपालिका बाट उपलब्ध हुने फारम भरि पेश गर्नु पर्ने

८) जग्गाधनीको प्रमाणपुर्जाको प्रतिलिपि १

९ ) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १

१०) तिरो,तिरेक रसिदको प्रतिलिपि १

११) घर नक्सा प्रमंपत्रको प्रतिलिपि -१

तपाइँको प्रतिक्रिया ।