कमल पोखरीको कथा : कमलपोखरी प्रहरी कार्यालयमा काठमाडौं महानगरपालिकाको डोजर
कपन अनलाइन
काठमाडौं ,माघ २०।
काठमाडौं महानगरपालिकाले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय भत्काएको छ।कमलपोखरी विस्तार योजना अनुसार सो प्रहरी कार्यालय भत्काएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिदै कमल पोखरी निर्माण कार्य जारी रहने जानकारी दिएका छन।
सिमसार क्षेत्रका रुपमा रहेको प्राकृतिक सम्पदाका रुपमा रहेको कमल पोखरीको मौलिकता र प्राकृतिक स्वरुपको संरक्षणका लागि भन्दै कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भवन पनि भत्काइएको थियो।
तपाइँको प्रतिक्रिया ।