तारकेश्वर नगरपालिका १ साङ्लामा निशुल्क आँखा शिविर सम्पन्न
कपन अनलाइन
काठमाडौं माघ २० तारकेश्वर नगरपालिकाको वडा नं १ साङ्लामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। सोमबार तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिकहरुको लागि निशुल्क आँखा शिविर तथा प्रयोगशाला परीक्षण कार्यक्रम सम्पन्न भएको हो।
साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको आँखा शिविरमा अधिकांशमा मोतिबिन्दुको समस्या रहेको र १३ जना आँखाका जटिल विरामी भेटिएको आयोजक स्वास्थ्य शाखाले जानकारी गराएको छ । साथै शिविरमा ४६ जना आँखाका विरामीलाई चस्मा वितरण गरिएको थियो। ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको मात्र आँखा परीक्षण गरिएको तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा तथा साङला प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ।
फोटो :तरकेश्वर अनलाइन
तपाइँको प्रतिक्रिया ।