सेतो सारी लगाउने एकल महिला कत्ति शक्तिसाली र जिम्मेवारी बहन गर्ने हुन्छन, मनन गर्नुस :लिली थापा

सेतो सारी लगाउने एकल महिला कत्ति शक्तिसाली र जिम्मेवारी बहन गर्ने हुन्छन, मनन गर्नुस :लिली थापा
कोपन अनलाइन
काठमाडौं ,माघ २०।
मानव अधिकारका लागि महिलाकी संस्थापक अध्यक्ष महिला अधिकारकर्मी लिली थापाले  राष्ट्रप्रमुख जस्तो व्यक्तिलाई त एकल महिला भएकै कारणले पटक पटक आक्षेप लाग्छ भने सामान्य महिलाको अवस्था कस्तो होला ? भनेर प्रश्न गरेकी छ।
पछिल्लो समयमा विभिन्न मध्यममा एकल महिला माथि विभिन्न आक्षेप लगाउने घृणित प्रयास भएको प्रति आपत्ति जनाउदै थापाले सेतो सारी लगाउने एकल महिला कत्ति शक्तिसाली र सम्पूर्ण जिम्मेवारी बहन गर्न सकछन् भन्ने कुरा मनन गर्न अनुरोध गरेकी छन।
रास्ट्रपति विद्या देवी भण्डारीलाई नेकपा नेतृ राम कुमारी झाक्रीले गरेको टिप्पणी प्रति लक्षित गर्दै थापाले  ति युवा नेता जसले राजनीति प्रतिसोधको कारणले एउटा राष्ट्रप्रमुख माथि आरोप प्रत्यारोप  गरिरहेको भन्दै  उनलाई एउटा एकल महिलाको घरमा उनको दिनचर्यालाई नजिक बाट हेर्न अनुरोध  गरेकी छन।
स्वन्त्रताको  परिभाषा  भित्र व्यक्तिगत चरित्रहत्या तथा आछेप स्वीकार हुदैन भन्ने कुरा यहाँ लाई तेत्ति पनि थाहा छैन होला जस्तो लागेको थिएन भन्दै थापाले झाक्रीको अभिव्यक्ति प्रति व्यंग्य पनि प्रहार गरेकी छन ।
थापाले सामाजिक संजालमा राखेको विचार :
सेतो सारी लगाउने एकल महिला कत्ति शक्तिसाली र सम्पूर्ण जिम्मेवारी बहन गर्न सकछन् भन्ने कुरा मनन गर्न म ति युवा नेता जसले राजनीति प्रतिसोधको कारण ले एउटा राष्ट्रप्रमुख माथि आरोप प्रत्यारोप गरिरहेकी छिन् उहाँ लाई एउटा एकल महिलाको घरमा उनको दिनचर्यालाई नजिक बाट हेर्न अनुरोध गर्दछु ।
स्वन्त्रताको परिभाषा  भित्र व्यक्तिगत चरित्रहत्या तथा आछेप स्वीकार हुदैन भन्ने कुरा यहाँ लाई तेत्ति पनि थाहा छैन होला जस्तो लागेको थिऎन l
राष्ट्रप्रमुख जस्तो व्यक्तिलाई त एकल महिला भएकै कारणले पटक पटक येस्ता आछेप लाग्छन भने अन्य साधारण एकल महिलाको कस्तो अवस्था होला अनुमान गरौँ ..
तपाइँको प्रतिक्रिया ।