माइतीघरको धर्नामा प्रचण्ड र माधव नेपाल सहभागी
कपन अनलाइन
काठमाडौं माघ १८संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धर्नामा सहभागी भएका छन् ।
उनीहरु संगै धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।नेकपाका दुवै समूहले आ-आफ्नै समूहलाई आधिकारिक दाबी गर्दै आएका छन्। तर, निर्वाचन आयोगले भने कुनैपनि समूहलाई आधिकारिकता नदिएको स्पष्टीकरण दिएको छ।
फोटो :सरोज बस्नेत
तपाइँको प्रतिक्रिया ।