चन्द्रागिरि नगरपालिका ६ को मतदाता नामावली अध्यावधिक गर्ने सम्बन्धि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, माघ १८ ।चन्द्रागिरि नगरपालिका वडा नं ६ ले मतदाता नामावली अध्यावधिक गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष संजय सिग्देलले जारी गरेको उक्त सुचनामा २०७८ साल बैशाख १७ गते पहिलो चरणमा र बैशाख २७ गते दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरि निर्वाचनको मिति घोषणा गरेको व्यहोरा बिधितै छ ।सोहि सन्धर्भमा मतदाता नामावली अध्यावधिक(दावी, बिरोध समेत) सम्बन्धि कार्यक्रम मिति २०७७/१०/१५ गते देखि मिति २०७७/१०/२१ गते सम्म तपशिल संचालन हुने भएको हुँदा उल्लेखित कार्य गर्नु पर्ने भएमा प्रमाण सहित सहायक नाम दर्ता अधिकारी कार्यलय चन्द्रागिरी नगरपालिका वडा नं १२ बलम्बुको सभाहलमा निवेदन दर्ता गराउनको लागि अनुरोध गरिएको छ।
तपशिप
१) मतदाता नामावली प्रकाशन गर्ने।
२) कुनै मतदाताको नाम वा बिवरणमा कुनै त्रुटी भएमा सच्याउन लागि निवेदन दिने।
३) कसले झुट्टा बिवरण दिई मतदाता नामावलीमा नाम समाबेश गरेको भएमा प्रमाण सहित उजुरी दिने
४) दोहोरो नाम हटाउन निवेदन दिने ।
५) मृत्यु भएको वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यक्तिको नाम मतदाता नामावली बाट हटाउनको लागि निवेदन दिने ।