सिन्धुपाल्चोक-काठमाडौ सम्पर्क मञ्चको भेला सम्पन्न ,संयोजकमा राजन आचार्य चयन

कपन अनलाइन

काठमाडौं,माघ १८/दिपक विक्रम देउजा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक-काठमाडौ सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेला सम्पन्न भएको । ए वन पार्टी प्यालेस चाबहिल भएको कार्यकर्ता भेलामा  सिन्धुपाल्चोक स्थाइ ठेगाना भइ काठमाडौंलाई आफ्नो कर्मथलो बनाउदै आएका नेकपा ओली पक्षमा आस्था र बिश्वास राख्ने नेता कार्यकर्ताहरुको बृहत उपस्थितिको रहेको थियो।

सो भेलाले नेकपा सिन्धुपाल्चोक -काठमाडौ सम्पर्क मञ्चको संयोजकमा  राजन आचार्यलाई चयन गरेको छ भने  ,पाँचपोखरी- काठमाडौ सम्पर्क मञ्च को संयोजकमा विशाल वाईवा सह संयाेजकमा साङ्वाे लामा र सचिबमा  निलम घले  र पाँचपोखरी भूगोल युबा संघ संयोजकमा गजेन्द्र गुरुङ चयन भएका छन।

नेकपा केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यता र सिन्धु- काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष शिवहरी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको भेलाले सम्पर्क मञ्चका सचिव राजन आचार्य संयोजक र कमल माझी सह संयोजक रहेको ७५ सदस्यीय सम्मेलन आयोजक समिति बनाउँनुको साथै विभिन्न पालिका स्तरीय सम्पर्क कमिटी सम्म बनाएको छ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि  बडालले सिन्धुपाल्चोकको पाटी निर्णयको सन्दर्भमा २०३० साल देखि २०४० सालसम्म त्तकालीन पाटी सचिव भएरकाम गर्दाको समयमा आफूहरूले पाएको दुख हन्डर र समस्याको र सँगै सिन्धुपाल्चोकको समग्र कम्युनिस्ट आन्दोलनमाको बारेमा विष्लेष्ण गर्नुभएको थियो भने अहिले नेकपामा आएको यो पाटी विभाजनको श्रृङखलाको मुख योजनाका दोषी माधवकुमार नेपाल भएको कुरा प्रष्ट पार्दै उनले भने  माधव कमरेड विगत ३५ वर्ष देखि एउटै कमिटीमा काम गर्दै आएको सारथी हौं ,उनले पद र शक्तिको लागि मनोमहन अधिकारी देखि मदन भण्डारी ,सिपी मैनाली,झलनाथ खनाल सम्म केही कसैलाई बाँकी नराखेको कुरा राख्दै निकै भाबुक हुनुभएको थियोे अर्को एक प्रसङ्गमा नेता बडालले भन्नेु भयो माधव कमरेड कहिल्यै जवजको पक्षमा हुनुहुन्न थियोे उहाँ सधै मदन भण्डारी र जवजको विपक्षमा रहेको बताएका थिए  ।

पुष्पकमल दाहाल (प्रचण्डले) अहिले माधव नेपालको बुई चढेर कमरेड केपी ओली र समग्र नेकपामा नै धोका दिएको आरोप लगाउनु भयो । कार्यक्रमका विशेष अतिथि नेकपा केन्द्रीय सदस्य युवा तथा खेलकुद मन्त्री दावा तामाङले अनुसार कमरेड प्रचण्ड अवसर वादी ,ढुङ्गी परिवारवाद बाट बाहिर निस्कन नसक्ने नेता भएको बताएका थिए  ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु सरेश नेपालले आफूहरू लाई नेकपा सिन्धुपाल्चोकको मुल प्रवाह भन्नेअरुले यो भेलालाई देखेर के भन्नदाहुन भनि प्रश्न गर्नुभएको थियो त्यस्तै नेताहरु हस्त पण्डितले  भने,” अहिलेसम्म केही विग्रोको छैन तपाईहरु बाटो नबिराउँनुहोस् हामी सबै एक मुष्ट भएर लागै भोलि पछुत्याउने दिन आउन नदिउ ।”

त्यस्तै भेलालाई केन्द्रीय ,डोल्मा तामाङ,होमनारायण श्रेष्ठ नेकपा जिल्ला संयोजक बालकृष्ण देउजा प्रदेश सम्पर्क मञ्च सचिवालय सदस्य सरोज गजुरेल ,युवा नेता अशोक चौलागाईं ,शिवहरी सापकोटा र विनोद खनालले आ-आफ्नो धारण राख्दै सम्पूर्ण सिन्धु बासिहरुलाई एकजुट भएर नेकपाको मुल प्रवाहमा लाग्न अनुरोध गरेका थिए ।कार्यक्रममा विभिन्न पाटी परित्यागगरि २० जना नेकपामा प्रवेश गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।