कोभिडको मारमा परेको बुढानिलकण्ठ डाँडागाउँको पेन्देल होम स्टे संचालनमा आयो

कपन अनलाइन
काठमाडौं ,माघ १६।
कोभिडको मारमा परेको बुढानिलकण्ठ डाँडागाउँको पेन्देल होम स्टे संचालनमा आएको छ। कोरोना प्रकोपका कारण लामो समय देखि बन्द रहेको उक्त घरवास (होम स्टे ) माघ १६ गते बाट पुन सुचारु भएको हो।
२०७५ साल फागुन १८ गतेबाट बिधिबत रुपमा संचालनमा आएकाे  पेन्देल गाउँ तामाङ सामुदायिक होम स्टेले  २०७६ साल फागुन १८ गतेकै दिन पहिलो साधारण सभा सम्पन्न गर्यो ।
विगत एक  बर्षमा करिव ५ सय  भन्दा बढी स्वदेशी तथा बिदेशी पाहुनाहरुलाइ सेवा प्रदान गरेर ५ लाख भन्दा बढीको प्रत्यक्ष रुपमा व्यापार गरेको सो होम स्टेले  अप्रत्यक्ष  रुपमा १लाख भन्दा व्यापार गर्न सफल भएको स्थानीय दोर्जे तामांगले जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५  मा रहेको डाँडागाउँमा सडक र अन्य पूर्वाधारको विकास भए संगै सो क्षेत्रका  ७ घरले प्रत्यक्ष लाभ लिएका छन भने २० भन्दा बढी घर धुरीले अप्रत्यक्ष लाभ लिइरहेका छन।
तपाइँको प्रतिक्रिया ।