नेकपा बारा -काठमाडौं सम्पर्क मंचको अध्यक्षमा सतीदेवी उप्रेती (सुवेदी )

कपन अनलाइन

काठमाडौं ,माघ १६।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ओली पक्षको  बारा -काठमाडौं सम्पर्क मंचको अध्यक्षमा सतीदेवी उप्रेती (सुवेदी ) चयन भएकी छन। हाल बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बस्दै आएकी उप्रेतीले रत्न राज्य लक्ष्मी क्याम्पसको प्रारम्भिक कमिटी बाट राजनीतिक यात्रा शुरु गरेकी थिइन्।

अनेरास्ववियु बारा जिल्ला कमिटी सदस्य समेत रहिसकेकी उनि यस अघि सम्पर्क मंचको उपाध्यक्ष रहेकी थिइन्। करिव १६ वर्ष देखि सक्रिय पत्रकारिता गर्दै आएकी उप्रेती विभिन्न संघ संस्थामा क्रियाशील रहेकी छन।

 

तपाइँको प्रतिक्रिया ।