स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर ३ द्वारा वाई वाई नेपाल स्टार फाइनलिष्ट सुरेश लामालाइ सम्मान
कपन अनलाइन
काठमाडौं, माघ १५। सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ का उपाधिका दावेदार काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामा फाइनलमा प्रवेश गरे संगै उनलाई जिताउन सुरेश लामा जिताऔं अभियान तिब्रताका साथ अघि बढाइएको छ । अभियानका क्रममा माघ १७ गते साँझ ६ बजे सम्म एसएमएस भोटिङमा धेरै भन्दा धेरै भोट गरेर वाई वाई नेपाल स्टार बनाउन आव्हान गरिदै आएको छ ।
जसका लागि विजेता बन्ने मध्येका एउटा आधार एसएमएस भोटिङका लागि सामेल हुन सवैमा अनुरोध गरिदै आएको छ । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारा रहेको नेपाल स्टारको ‘वाई वाई’ चाउचाउले मुख्य प्रायोजन गरेको अनि नेपाल टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ३ का सुरेश लामालाइ जिताउन उनका फ्यानहरुले फेसबुक पेजमार्फत प्रचार प्रसार गरिरहेका छन् ।त्यति मात्र नभई बिभिन्न स्थानमा सांगेतिक कार्यक्रम मार्फत पनि भोट अपिल गरिरहेका छन ।त्यसैगरि गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा संचालित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले समेत सुरेश लामालाइ टप ४ मा पुग्न सफल भएको मा बधाई दिदै नेपाल स्टार बन्नको लागि शुभकामना प्रदान गरेको छ साथै उनलाई बढी भन्दा बढी भोट गरि जिताउन समेत अनुरोध समेत गरेको छ ।दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने भएकाले सुरेशलाइ जिताउन स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था सबैले सक्दो योगदान गर्न अपील गरेको छ ।
संस्थाले सोहि एक कार्यक्रमका बीच सुरेशलाइ सम्मान सहित नगद रु १५ हजार प्रदान गरेको छ। संस्थाका अध्यक्ष सुदर्शन थापा र व्यवस्थापक गोकुल बिष्टले उनलाई नगद रु १५ हजार सहित जितको शुभकामना ब्यक्त गरेका थिए। सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001 मा पठाउन सकिनेछ । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भोटिंग माघ १७ गते सम्म गर्न सकिनेछ । लामा काठमाडौंका एक मात्र प्रतिस्पर्धी हुन् वाई वाई नेपाल स्टारका