नेकपा महानगर कमिटीले पूर्णता पायो, माघ १६ गते शपथ ग्रहण हुँदै

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीका नवगठित पदाधिकारी तथा सदस्यहरुलाई माघ १६ गते दिनको १ बजे राष्ट्रिय सभा गृहमासपथ ग्रहण गराउने भएका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताले ३ वर्षसम्म पूर्णता पाउन नसकेको महानगर कमिटीले भर्खरै पूर्णता पाएको छ । नेकपा केन्द्रिय सदस्य तथा महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार प्रधानमन्त्री ओलीले सपथ सहित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीद्वारा माघ २३ गते काठमाडौंमा आयोजना गर्न लागिएको ऐतिहासिक जनसभालाई सहयोग पुर्‍याउन कमिटीको पूर्णतापछि सहज हुने अर्का केन्द्रिय सदस्य निर्मल कुइकेलले बताए ।

तपाइँको प्रतिक्रिया ।