नेपालका प्रमुख राजनैतिक दलका युवा नेताहरुलाई खुल्ला पत्र

कपन अनलाइन

काठमाडौं ,माघ १३ / सनातन रेग्मी

२०४६ सालको प्रजातन्त्र पुनर्स्थापना पश्च्यात नेताहरुले जनतालाई कांग्रेस र कम्युनिष्टमा विभाजित गराएर लुट्नु फाइदा लुटेको बिर्सेर, फेरी अहिले प्रचण्ड वली शेरबहादुर भन्दै टोलका स्थानियलाई विभाजित गराई आफु आफुमा फुटेर यिनैलाई मात्र फाईदा पुर्याई रहेका छैनौ र ? कहिले घाम लाग्ने है हाम्रो घैटोमा ?

यिनलाई बिस्थापित गराई नया युवाहरु पो ल्याउनपर्ने होइन र हामीले ? कति यी असफलहरुलाई हली बनाएर आफु गोरु बन्न मन लागेको है दोश्रो तहका नेता र तल्ला तहका कार्यकर्ताहरुलाई।

देउवा, रामचन्द्र, वली, प्रचण्ड, माधव, बामदेव, झलनाथ यिनका आसेपासे बाहेक यिनीहरु आम कार्यकर्ताको लागी नेपाली राजनीतिको मिति सक्किएको औषधी भैसकेनन र ? अनि जोशिला युवा नेताहरुले यिन कै दौराको फेर समातेर संगठन बढाउने र कार्यक्रम गर्ने बहानामा टोल टोलमा आएर नया पिंढीलाई समेत तिनको आफ्नो नया आधुनिक बिचारलाई उम्रिनै नदिएर यहि नेपाली राजनीतिका असफल मठाधिसहरुको बिचार लाद्ने  दुष्प्रयास गर्दैछन ।

यो त नया पिंढी प्रतिको राजनैतिक बेइमानी भएन र ? टोलमा आएर नया युवाहरुको आवाज सुन्ने कि नया आवाजलाई दबाएर पुरानो असफल आवाजहरुको प्रचार गर्ने ? ४६ साल देखि ७६ हुदै ८६ सम्म यस्तै क्रियाकलाप गरिरहने हो तथाकथित युवा नेतृत्व भनाउदा व्यक्तीहरुले ? नया युवाहरुले हामीले यो असफल नेताहरुलाई ससम्मान बिश्राम दिने घोषणा गरेका छौ।

अब हामीले बनाउने हो देश, भनेर किन भन्न सक्दैनन् ? तिनको कुकुर हड्डी झगडामा किन आफुलाई पक्ष बिपक्षमा उभ्याउछौ ? निश्चित समयभित्र मिल्ने भए मिल नभए पार्टी बाटैबिश्राम लेउ भन्न किन सक्दैनन् युवा भनाउदा नेताहरुले वली प्रचण्ड माधव हुन् वा देउवा रामचन्द सिटौलालाई ?

देश र पार्टी यिनीहरुको बाउको बिर्ता अनी युवा नेताहरु चाहि कमारा हुन् त ? होइन भने यी दलका आधुनिक विचार भएका पढे लेखेका युवानेताले समेत किन यी असफल नेताहरुको अनिर्णयको बन्दिको सिकार बनाइ रहेका छन् त आफु, आफु आबद्द दल र समग्रमा सारा नेपाली लगायत देशलाई समेत ? विदेश मा पनि नाम चलेका धेरै ठुला नेता थिए ।अहिले पनि जीवित नै छन् ।

तर तिनीहरु आफ्नो देश वा दलको सक्रिय राजनीति बाट अलग रहेर आफ्नै कर्म गर्दै खाइरहेकाछन । नेपालमा मात्र ४६ साल देखि अहिले सम्म र भोलि आर्य घाटमा खरानी नहुन्जेल सम्म यिनीहरुलाई राज्यले जनताको करले पालिरहनु पर्ने कारण के हो ?

प्रजातन्त्र र परिवर्तनको लागी लडेका थियौ भनेपनि त्यसको प्रतिफल प्रधानमंत्री, मंत्री, सांसद भएर मजाले राज्यकोष बाट पालियौ त अझै कति पाल्न पर्ने तिमीहरुलाई राज्यले ? राज्य एकीकरण गर्ने पुर्खाको सन्तानलाई त अब तिम्रो काम छैन भनेर जनताले, तिनले अङ्गीकार गरेको राजतन्त्र हटाईसक्यो भने अब तिमीहरु पनि सक्रिय राजनीति बाट हट्न पर्यो भनेर किन प्रश्न गर्न सक्दैनन् युवा भनाउदा दलका नेताहरुले उल्लेखित असफल नेताहरुलाई ? सधै असफल प्रमाणित भैसकेको नेताको सपना साकार पारौ भन्दै कति नारा लगाउदै हिड्छौ ? आफुले नया सपना देखाएर नया बिचार प्रयोग गर्न सक्दैनौ ? नया सोच नया बिचार र नया तरिकाबाट राजनीति गर्न सक्दैनौ।

जहिले उल्लेखित असफल नेताहरुको भजन गाएर मात्र राजनीति गर्छु भन्ने सोच राख्छौ भने तिमिहरुले आफु प्रति मात्र होइन राजनीतिको नाममा समस्त समाज, तिमी भन्दा नयापुस्ता र समग्रमा देश प्रति नै बेइमानी गरिरहेका छौ । त्यसैले सुध्र बेलैमा ।नया सोच नया बिचार र नया तरिकाको राजनीति शुरु गर । हार्दिक शुभकामना।

तपाइँको प्रतिक्रिया ।