Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/139509860_453107692374041_1980846555322833152_n-e1611109124407.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/142247613_108091137938935_3493451505043367362_o-e1611637467786.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/72447884_781852665568475_2905618059475550208_n-e1611637541761.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर ३ सुन्ताखानमा गुञ्जँदै वाई वाई नेपाल स्टार फाइनलिष्ट सुरेश लामा ,साथमा हास्यकलाकार राजन चौलागाई (खैरांते )

कपन अनलाइन

काठमाडौं माघ १३। नेपाल टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी सो वाई वाई नेपाल स्टारको टप ४ मा पर्न सफल भएका  काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ तारेभिरका सुरेश लामाले  आफूलाई भोट गरिदिन अनुरोध गरेका छन् । उनलाई भोट गरि जिताउन अहिले उनका फ्यानहरुले फेसबुक पेज  लगायत बिभिन्न अभियान  मार्फत प्रचार प्रसार गरिरहेका छन् ।

नेपाल स्टारको फाइनल प्रतिष्पर्धी सुरेश लामाको स्वागतार्थ मंगलवार  काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान बसपार्कमा आज  बृहत    सांगीतिक कार्यक्रम गरिने भएको छ । सुरेश लामा जिताउ अभियान मूल समितिले उक्त कार्यक्रम आयोजना गर्न लागिएको   लागेको सो कार्यक्रममा स्थानीय कलाकार को साथै लोकप्रिय हास्य  कलाकार तथा गायक  राजन चौलागाई (खैरांते )ले पनि प्रस्तुति दिने भएका छन।

गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिर निवासी  सुरेश लामा जिताउन नेपालसहित विदेशका बिभिन्न देशमा बस्ने नेपालीहरु बाट समेत  भोटिङका लागि  सहयोगका लागि जुटिरहेको सुरेश लामा जिताउ अभियानका हरिबोल बिष्टले जानकारी गराए । नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालीटी सो वाई वाई नेपाल स्टारको सिजन १ मा हजारौ प्रतिष्पर्धीहरुलाई पन्छाउदै फाईनल राउण्डमा  प्रवेश गरेका सुरेशलाइ नेपालीहरको भावना र  काठमाडौं गोकर्णेश्वरबासी  चाहाना अनुसार माघ १७ गते बिजयको माला पहिराउन सबैजना एक जुट हुन ।सुरेश लामा जिताउ अभियानका सदस्य रामेश्वर बिष्टले अनुरोध गरेका छन्  । साथै आज माघ १३ गते दिन को ३ बजे हुने उक्त  बृहत सांगेतिक कार्यक्रममा उपस्थित हुन पनि अनुरोध गरेका छन ।

सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भोटिंग माघ १७ गते सम्म गर्न सकिनेछ । सुरेश  वाई वाई नेपाल स्टारका काठमाडौंका एक मात्र प्रतिस्पर्धी हुन।

तपाइँको प्रतिक्रिया ।