प्रधानमन्त्री ओलीले अदालतलाई दबाब दिएको गगन थापाको आरोप

कपन अनलाइन

काठमाडौं, माघ ११। मानव अधिकार तथा शान्ती समाज काठमाडौँ शाखाको २३ औं जिल्ला साधारण सभा तथा असंबैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा बिघटन प्रतिगमन सिलसिलामा बिषयक गोष्ठी सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ६ स्थित कुशल ब्यान्केटमा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पुर्व स्वास्थ्यमन्त्रि एबम नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पाँच बर्षका लागि बनाएका प्रधानमन्त्रीले जनतालाई सडकमा जान बाध्य पारेको धारणा राखेका थिए ।संसद विघटनको निर्णय संविधान विपरीत भएको भन्दै थापाले असंवैधानिक निर्णय उल्ट्याउन नदिन ओलीले अदालतलाई दबाब दिइरहेको आरोप लगाएका थिए ।

प्रधानमन्त्रीले अदालतमाथि मनोबैज्ञानिक  प्रभाब पार्न खोजेको दिइरहेका भन्दै थापाले, हिजो राजासँग नडराएर शाही आयोग खारेज गरेको अदालत आज प्रधानमन्त्री केपी ओलीको धम्कीबाट डराउँदैन भन्ने कुरा प्रमाणित  गर्नेछ भन्ने बिश्वास रहेको धारणा राखेका ।ठिलोचाँडो देश जाने निर्वाचनमै जाने भन्दै  थापाले  तर बाटो चाहि संसद र संबिधानको  नै हुनु पर्ने बताएका थिए।

थापाले प्रतिपक्षमा रहेको कांग्रेसले आफ्नो धर्म निभाउन नसकेको स्वीकार गर्दै  संविधानलाई सही बाटोमा ल्याउन  सबैजना एक जुट भएर  सक्रिय बन्नु पर्ने बेला आएको मन्तब्य राखेका थिए। कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेकाले यसलाई सही बाटोमा ल्याउनु सबै  एक जुट हुन पर्ने जिकिर गरेका थिए ।अदालतले सही निर्णय गर्छ, भन्ने पूर्ण विश्वास ब्यक्त गर्दै  अन्याय भयो भनेर मात्र नहुने भन्दै, न्यायको अनुभूति पनि हुनुपर्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।