नेकपा नेता हस्त पण्डितको प्रश्न : कम्युनिस्ट कार्यकर्तालाइ कालो झण्डा बोकाउने कि रातो झण्डा ?

कपन अनलाइन

सिन्धुपाल्चोक ,माघ ११।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हस्त पण्डितले  कम्युनिस्ट कार्यकर्तालाइ कालो झण्डा बोकाउने कि रातो झण्डा ? भन्ने प्रश्न गरेका छन।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँ पालिकामा भएको भेलामा जाने क्रममा खेलकुद मन्त्री दावा तामांगलाई स्थानीयहरुले बाटोमा रुख ढालेर अवरोध गर्दै कालो झन्डा देखाएपछी आक्रोसित बनेका पण्डितले ढुङ्गा हान्न लगाउने कि फुल बोक्न लगाउने, गाली गलौज- आरोप प्रत्यारोप गर्न लाउने कि आदर र सम्मान गर्न सिकाउने भन्दै प्रचन्ड -नेपाल पक्षका सिन्धुपाल्चोकको नेतृत्वलाई प्रश्न गरेका हुन्।

पण्डितले सामाजिक संजालमा राखेको सामाग्री :

विभिन्न खाले बाधा, बिरोध र अवरोधका बिच इन्द्रावती गाउपालिकाको भेला सम्पन्न भयो । ८,१० वटा रुख काटेर कार्यक्रम स्थलमा जान अवरोध गरे । युवा साथिहरु र सुरक्षाकर्मीको सहयोगले कार्यक्रम स्थल पुगियो । नेताहरुको पदिय भागवण्डा नमिल्दा पार्टी बिभाजनको अवस्थामा पुग्यो । जिल्लामा अब कस्तो पार्टी निर्माण गर्ने भन्ने सवाल महत्वपुर्ण बन्यो । कार्यकर्तालाइ कालो झण्डा बोकाउने कि रातो झण्डा, ढुङ्गा हान्न लगाउने कि फुल बोक्न लगाउने, गाली गलौज- आरोप प्रत्यारोप गर्न लाउने कि आदर र सम्मान गर्न सिकाउने, प्रजातान्त्रिक संस्कार सिकाउने कि घृणा, आक्रोश र बदलावको भावना प्रदर्शन गर्न लगाउने? साह्यद सिन्धुपाल्चोकमा पार्टी निर्माणको बहश यहिबाट थालनी हुनेछ । जनसेवी र स्वस्थ प्रतिस्पर्धी पार्टी निर्माण आजको आवस्यकता हो । यसै बाटोमा लाग्न सिन्धुका आम नेकपा पार्टी पंक्तिलाई आव्हान गर्दछु ।

तपाइँको प्रतिक्रिया ।