अभियन्ता उत्तम पुडासैनीको असहाय बाछाबाछी संरक्षणमा “उत्तम” कार्य

अभियन्ता उत्तम पुडासैनीको असहाय बाछाबाछी संरक्षणमा “उत्तम” कार्य

कपन अनलाइन

काठमाडौं, माघ १०। सामाजिक अभियन्ता उत्तम पुडासैनी करिब ५ बर्ष देखि  सडकमा छाडा रुपमा छोडिएका बाछाबाछिको संरक्षणमा जुट्दै आएका छन। बि.स.२०७६ जेठ १ गते देखि गाई बस्तुको हेरचाहको लागि छुट्टै स्थान बनाएर करिब सय भन्दा बढी बाछा बाछी गाईबस्तु संरक्षण  गर्दै आएका छन्  ।

छाडा छाडिएका गाईबाच्छलाई उत्तम पुडासैनी सहित गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका करीब एक दर्जन युवा अभियानकर्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको वाग्मती किनारमा आश्रयस्थल निर्माण गरी संरक्षण गर्दै आएका छन ।  सो कार्य वाट छाडा बाछाबाछी र गाईहरुले नयाँ जीबन पाएका छन । ती छाडा बाछाबाछीका लागि नित्य आहार र उनीहरुका लागि आश्रय स्थलको ब्यवस्था गर्दै उपचार समेत हुँदै आएको छ ।

सो अभियानमा अहिले सहयोग गर्ने दाताहरु पनि बढ्दै गएका छन् कुनै पनि आर्थिक सहयोग लिने नगरेको बताउने पुडासैनीले धेरै मानिसहरु आफ्नो जन्म दिनमा,पिठो ,पराल ,औसधि ,तथा अरु अन्य चाहिने समान सहयोग गर्दै आएको जानकारी दिएका छन ।

जन्मदिनमा केक काट्ने, साथीभाई जम्मा भएर मदिरा पिउने केही मानिसको प्रचलन अब यसरी आश्रय दिइएको गाईबाच्छालाई सहयोग गर्नतिर मोडिएको बताउदै उनले  विभिन्न अवसरमा हुने फजुल खर्च जोगाएर कल्याणकारी काममा लगाउन  पनि  अनुरोध गरेका छन  ।

बिहान ६ बजे देखि बेलुका १० बजे सम्म आफु संगै अरु ९/१० जना स्वयंसेवकहरु  गाइ बस्तुलाई खाना पानी देखि बिरामी बाछाबाछीलाइ हिटर बालेर न्यानो बनाउने देखि लिएर सरसफाई सहित विभिन्न स्थान बाट असहाय छाडा छोडिएको  बाछाबाछी ल्याउन समेत सहयोग गरिरहेको  मद्दत गरेका छन्।

आज सम्म कहीं कतैबाट सहयोग नलिकन आफ्नै बलमा आज सम्म खर्च जुटाउँदै आएको बताउदै पुडासैनीले  वाग्मती सफाइका क्रममा नदी किनारमा मर्ने बाच्छाबाच्छीको सङ्ख्या बढ्न थालेपछि अस्थायी आश्रयस्थल बनाइएको जानकारी दिएका छन।

सर  सफाइका क्रममा एक वर्षमै ६०० भन्दा बढी मृत बाच्छाबाच्छी गाड्नुपरेको तितो यथार्थ सुनाउदै उनले छाडा छोडेपछि पानी पिउन नपाउने, वाग्मतीको पानी पिए पनि दूषित भएकाले मर्ने, प्लाष्टिक खाएर मर्ने, कुकुरले लखेटेर मार्ने लगायत समस्याले ठूलो सङ्ख्यामा बाछा बाछी  मर्ने गरेको पाइएको पुडासैनीले जानकारी दिएका छन।

उनले काठ क्षेत्रका  गाईपालकले बाच्छी जन्मे घरमै राख्ने बाच्छा जन्मिए सडक, मन्दिर वा नदी किनारमा लगी छाड्ने गरेको बताउदै  तीव्र शहरीकरण एवं स्थान अभावका कारण गाई पाल्न छाड्नेले भने बाच्छी पनि छाड्ने गरेको पाइएको धारणा राखेका छन ।

यो अभियानले नयाँ पुस्तालाई प्राणीको महत्व र गाईबाछाप्रतिको मोह बढाउन  मदत पुगेको  बताउने उनले राष्ट्रिय जनावरमाथीको यो अन्यायले हाम्रो राष्ट्रियता, स्वाभिमान र आत्मसम्मानमा आँच आएको अवस्थामा अब कसैलेपनि शिर निहुराउनु पर्ने अवस्थाबाट मुक्ति पाउने बिश्वास ब्यक्त गर्दै सबैले यसको स्वामित्व ग्रहण गर्नसक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएका छन।

तपाइँको प्रतिक्रिया ।