काठमाडौं क्षेत्र नं ४ मा प्रचण्ड -नेपाल पक्षमा एक्ला वडा अध्यक्ष शुद्ध डंगोल

काठमाडौं क्षेत्र नं ४ मा प्रचण्ड -नेपाल पक्षमा एक्ला वडा अध्यक्ष शुद्ध डंगोल

कपन अनलाइन

काठमाडौं ,माघ ८।

काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्ध डंगोल नेकपा विवाद संगै प्रचण्ड -नेपाल पक्षमा सक्रिय बनेका छन। तत्कालिन नेकपा एमालेको वडा नं ७ कमिटी अध्यक्ष समेत रहेका डंगोल संगै वडा नं ७ का सदस्य कृष्ण घिमिरे र निर्मला पुडासैनी पनि प्रचण्ड -नेपाल पक्षमा सक्रिय बनेका छन।

काठमाडौं क्षेत्र नं ४ का १२ मध्ये १० वडामा बिजयी प्राप्त गरेको नेकपाका ९ वडा अध्यक्ष ओली पक्षमा देखिएका छन भने महानगरपालिकाको वडा नं ७ का डंगोल प्रचण्ड -नेपाल पक्षमा देखिएका हुन्।

२०५४ शालको स्थानीय निकायको निर्वाचनमा वडा सदस्य निर्वाचित बनेका डंगोल २०७४ शालमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित बनेका थिए।

 

तपाइँको प्रतिक्रिया ।