जो बाइडनले लिए अमेरिकी राष्ट्रपतिको सपथ

कपन अनलाइन

काठमाडौं ,माघ ८ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले आज ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिनुभएको छ । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पार्नुभएका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराउनु भएको हो ।

सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो ।

समारोहमा डोनाल्ड ट्रम्प सहभागी भएनन  । आगामी राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने उहाँ चौथो अमेरिकी राष्ट्रपति हुन्  । पछिल्लो १५० वर्षको इतिहासमा भने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडन विजयी भएका थिए  ।

तपाइँको प्रतिक्रिया ।