ओखलढुंगाको खिजिदेम्बामा सयौ नेपाली कांग्रेसमा प्रवेस

ओखलढुंगाको खिजिदेम्बामा सयौ नेपाली कांग्रेसमा प्रवेस

कपन अनलाइन

ओखलढुंगा ,माघ ४।

पुर्व सांसद तथा नेपाली काँग्रेसका  युवा नेता रामहरीले सुर्याले दिनमा उज्यालो बनाउने भएकोले दिनमै रात पार्ने कम्युनिस्टहरुलाई  सुर्या चिन्ह दिन नमिल्ने बताएका छन  । २०७४ सालको निर्वाचनमा २ वटा कमनिषठहरु एक भएको जस्तो नाटक गरेर देश र जनतालाई समेत् ढाटेको आरोप लगाएका थिए। प्रधानमत्री मन्त्री हुने हुने तलाव भत्ता खाने र भ्रष्टचार बाहेक अरु कुनै काम नगरेको आरोप लगाउदै  दुई तिहाइ दिदा केही गर्न नसकेको सरकारले फेरी दुई तिहाइको लागि चुनाव घोषणा गरेको भन्दै छ यो कुरा सरासर झुठ् भएकोले  कोही भ्रम्मा नपर्न समेत् अनुरोध गरेका थिए ।

कार्यक्रममा तत्कालिन नेकपा एमाले क्षेत्र  बहादुर पारीयार, वडा ०१ सदस्य कमल सुनुवार , चर्चित नेता सुरेश सुनुवार वडा २ सदस्य उम्मेद्वर लाल बहादुर तमाङ,संगठित सदस्य, सुन्त बहादुर बुढा, विर बहादुर तमाङ र कृष्ण बहादुर खड्का ने. क. पा. माओवादी वडा ३ को वडा सदस्या उम्मेद्वर बिष्णु श्रेष्ठ र पुर्व माओवादी अध्यक्ष निधी भक्त सुनुवार श्री चण्डेश्वरी उच्च मा. वि. अखिलका नेता संजिव खड्का लगाएत सयौ जना कांग्रेस  पार्टी प्रवेश गरेका थिए।

नेपाली काङ्रेस पार्टी सभापति प्रदिप कुमार सुनुवारले नयाँ प्रवेशीलाई मनै देखी स्वागत गर्दै उचित जिम्मेवारि दिने बताउदै नेपाली काङ्रेसले धेरै दु:ख गरेर ल्याएको संघियातालाई कुनै पनि हालतमा खेर जान नदिने बताएका थिए ।

पुर्व ट्रेड युनियान अध्यक्ष खिलानाथ दाहाल के पि ओलीले पौष ५ गते जुन रुपमा देशलाई अध्यारो तिर लगेकोले  त्यसको बिरुद्दमा नेपाली कङ्रेसले यसको बिरोध सधैं गर्ने धारणा राखेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।