नेकपा बुढानिलकण्ठ -२ को अगुवा कार्यकर्ता भेला सम्पन्न

नेकपा बुढानिलकण्ठ -२ को अगुवा कार्यकर्ता भेला सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ २।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठ नगरपालिका वडा -२ कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेकपा केन्द्रीय सदस्य तथा नेपाल सरकारका बिदेस मामिला सल्लाहकार डा . राजन भट्टराईको प्रमुख आतिथ्यतामा वा -२ को सामुदायिक भवनमा भएको अगुवा कार्यकर्ता भेलामा वडाका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

नेकपा बुढानिलकण्ठ -२ का सचिव राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलामा नेकपाका केन्द्रीय सदस्य सुन्दर पुर्कुटि , जिल्ला सचिवालय सदस्य बिदुर विक्रम खड्का , नगर कमिटी सचिव प्रदीप डङोल , नगर कमिटी सदस्यहरु कैलाश खड्का , भावना केसी , धुर्व भट्टराई लगायत अतिथि रहेका थिए ।

नेकपा बुढानिलकण्ठ नगर कमिटी सदस्य ज्ञानु थापाले संचालन गरेको भेलाका वक्ताहरुले नेकपामा देखिएको पछिल्लो विवाद र नेता कार्य कर्ता हरुले निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।