चन्द्रागिरिमा मोटरसाइकलको ठक्करबाट तारकेश्वर–३ का एक बालकको मृत्यु

चन्द्रागिरिमा मोटरसाइकलको ठक्करबाट तारकेश्वर–३ का एक  बालकको मृत्यु

कपन अनलाइन

काठमाडौं ,माघ २।

चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा मत्यु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले बताए ।चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।

उनको उपचारको क्रममा ओम समाज अस्पतालमा निधन भएपछि मृतकका आफन्तले कंलकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका थिए । विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।फोटो :रोसन दानी

तपाइँको प्रतिक्रिया ।