पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाईनल समिकरण पुरा

पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टनको  क्वाटरफाईनल समिकरण पुरा

कपन अनलाइन

काठमाडौं ,माघ २

सिराहाको गोलबजारमा आयोजना भईरहेको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याँकिंग  ब्याडमिन्टन प्रतियोगिताको पुरुष र्याँकिंग १६ तथा महिला र्याँकिंग १२ को क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

पुरुषको लिग प्रतियोगिताबाट समूह ए बाट सेनाका रत्नजित तामाङ्ग र एपिएफका गौतम कठायत पहिलो र दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरेका हुन् । अब रत्नले समूह सीको दोश्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठ संग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् । यस्तै तीनमा दुई खेल जित्दै उपबिजेता भएका गौतमले समूह सिका बिजेता सेनाका प्रफुल महर्जनको सामना गर्ने भएका छन् । प्रफुलले ३ मा तीन खेलमा नै बिजय भएका थिए । यस्तै बिकासले तीनमा दुई खेल जिते ।

यस्तै समूह बी बाट एपिएफका दीपेश धामी र सेनाका नविन श्रेष्ठ बिजेता र उपबिजेता बन्दै क्वाटरफाईनल प्रवेश गरे । दीपेशले तीनमा तीन खेलमै बिजयी भएर बिजेता समूह बिजेता बनेका थिए भने नविनले एक खेल गुमाएका थिए । अब दीपेशले समूह डीका उपबिजेता रुकेश महर्जन संग प्रतिस्पर्धा गर्नेछन् । रुकेशले आफ्नो समूहमा तीनमा दुई जित निकाल्दै समूह उपबिजेता बनेका हुन् । यस्तै समूह डीका बिजेता सिल्क ग्रुपका प्रिन्स दाहालले समूह बीका उपबिजेता सेनाका नविन श्रेष्ठसंग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आफ्नो समूहमा सतप्रतिसत जीत निकालेका थिए ।

पुरुष ¥याङ्किङ्ग १६को बिहिबार भएको अन्तिम लिगमा एपिएफका गौतम कठायतल एपिएफकै सुमन लिम्बुलाई २१।९, २१।८ ले, पुलिसका सुनिल जोशीले बाँकेका इरफान अन्सारीलाई २१।१८, २१।१६ ले, सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापामगरलाई २१।१६, २३।२१ले, सेनाका रुकेश महर्जनले पुलिका जिवन आचार्यलाई २५।२३, २१।६ ले, सेनाका रत्नजित तामाङ्गले धादिङ्गका सुदीप सेंढाईलाई २१।११, २१।११ले, एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१।११, २१।१७ ले, भोजपुरका बिकाश श्रेष्ठले पुलिसका दीपक बोहरालाई २१।१५, २१।१२ ले तथा सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१।८, २१।९ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजना तथा नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ¥याङ्किङ्ग १२ बाट समूह ए मा भोजपुरकी नङ्गशल देवी तामाङ्ग र बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशी बिजेता तथा उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरे । अव नङ्गशलले समूह सीकी उपबिजेता एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । नङ्गशलले समूहमा सत्प्रतिसत जित निकालेकी थिईन् । यस्तै राजबंशीले समूह सीकी बिजेता राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्नेछिन् । समूह बीबाट सेनाकी अमिता गिरी र एपिएफकी सुनयना मुखिया बिजेता तथा उपबिजेता बन्दै क्वाटरफाईनल प्रवेश गरे । अमिताले समूह डीकी उपबिजेता अनुमाया राई र सुनयनाले एपिएफकी जेशिका गुरुङ्गको सामना गर्ने छन् ।

सिराहाको गोलबजारमा भर्खरै निर्मित कभर्डहलमा भएको प्रतियोगिताको १६ बाहेकको पुरुष एकलतर्फ सेनाका पविन लिनथेपले बिराट ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २०।२२, २१।१४, २१।१३ पराजित गरे । यस्तै भोजपुरका बिशाल तामाङ्गले कैलालीका रोशन खत्रीलाई २१।९, २१।७ ले, पुर्ण बहादुर थपा, पुलिसले सौरभ बम, कञ्चनपुरलाई २१।१०, २१।१७ ले, डेभिड थापामगर, सेनाले सुजन थापा, साईनो एसएचलाई २१।१७, २१।१६ले, देवराज राना, कैलालीले, रोहित बराल, कपिलबस्तुलाई २१।१२, २१।१६ ले, एशिया जबेगु, पाँचथरले भोजबहादुर गुरुङ्ग सेनालाई २१,१६, २१।१४ले, गोकुल जोरा सेनाले, प्रियान्सु सिंह क्षेत्री, एपिएफलाई २१।१८, २१।१८ले, विवेक चौधरी कञ्चनपुरले कृष्ण पाठक धनकुटालाई २१।९, २१।१०ले, सन्तोष पनेरु, सेनाले राज बर्मा कपिलबस्तुलाई २१।१४, २१।१५ले, शिव थापा बाँकेले रोशन साउद कैलालीलाई १९।२१, २१।१९ को सेटमा रिटायर्ड हर्ट, ईन्द्रबहादुर महता, एपिएफले नरेन्द्र बम सुर्खेतलाई २१।१८, २१।१६ ले, सुजन श्रेष्ठ बुढासुब्बा ब्याडमिन्टन एकेडेमीले निशान्त कटुवाल संखुवासभाबाट वाकओभर, दिवस शंकर सेनाले, प्रकाश चन्द कञ्चनपुरलाई २१।१६, १७।२१, २१।८ले, पेम्बा शेर्पा सोलुखुम्बुले योगेश खड्का कैलालीलाई २१।१७, १७।२१, २१।१९ले, आयुष्मान नागरी सेनाले अनिल मल्ल ठकुरी सुर्खेतलाई २१।१७, २१।३ले तथा निराजन देवकोटा एपिएफले बिन्याक्स खत्री पाल्पालाई २१।१५, २१।११ले पराजित गर्दै राउण्ड १६ मा प्रवेश गरे ।

आजै भएको प्रतियोििगताको भेट्रान्स युगल तर्फको खेलमा ईमाडो ब्याडमिन्टन क्लबका दिलकुमार कन्दंवा र लोक बहादुर श्रेष्ठको जोडी, बशन्त लाल बज्राचार्य र महेशमान बज्राचार्य पाल्ला, देवेन्द्र राना र चुडामणी उपाध्याय कैलाली, अनिल कुमार लाखे बाँके सुभाष श्रेष्ठ चितवन, लक्ष्मण बिसी र नारायण श्रेष्ठ रामेछाप, शोभाकर भण्डारी र नविन पराजुली पोखरा, अमर बिष्ट र संजीव श्रेष्ठ संखुवासभा, भुपाल रानामगर र चित्र थापा उदयपुर, हरि खत्री र मन बहादुर राना कालिका, पूर्णहरी होना र संजय कपाली पिस एफसी तथा जीवन बोगटी र डिल्ली राम डाङ्गी पनि आआफ्ना प्रतिद्वन्दीलाई पन्छाउँदै राउण्ड १६ मा प्रवेश गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।