नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिका नगर समितिले पूर्णता पायो
कपन अनलाइन
काठमाडौं ,पुस २९।
नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिका नगर समितिले पूर्णता पाएको छ। काठमाडाैँ क्षेत्र नं ४ र ५ मा पर्ने बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसकाे नगर समितिले नगर सभापति गणेश काेइरालाको नेतृत्वमा पूर्णता पाएको हो।
गाेकर्ण केसी केसी उपसभापति रहेको १५ सदस्यीय समितिको सचिव, काेषाध्यक्ष एवम् सहसचिवमा क्रमशः राजन बुढाथाेकी, भरत अधिकारी र शशिविक्रम थापा रहेका छन् भने सदस्यहरूमा भाेलानाथ लामिछाने, रामहरि भण्डारी, राजकाजी श्रेष्ठ, रमेश श्रेष्ठ, प्रेम श्रेष्ठ, अनु महर्जन खत्री, बालमाया श्रेष्ठ, नारद भण्डारी, विक्रम खनाल र राजेन्द्र अधिकारी रहेका छन् । बाँकी ३ सदस्य पछि कमिटिले थप्ने गरी बनेकाे समिति बनाइएकाे बताइएकाे छ ।
लामो समय सम्म आन्तरिक विवाद र द्वन्दमा फसेर अपूर्ण रहेको समितिले पूर्णता पाए संगै अवका दिनमा संगठन विस्तार र गतिविधिलाई तीव्रता दिने समितिले जानकारी दिएको छ।