बाबुराम सरकारबाट कांग्रेस बाहिरियो

 ११ जेठ, काठमाडौं । संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस सरकारमा सहभागी भएको १८ दिन पछि नै बाहिरिएको छ ।

दलहरुबीच भएको ५ बुँदे सहमति अनुसार वैशाख २३ गते बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप सरकारमा गएको कांग्रेसले बिहीबार सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

साथै कांग्रेसले संविधानसभाको म्याद थप्ने सरकारको प्रस्तावलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि सैवैधानिक र नैतिक रुपमा भट्टराई सरकारको औचित्य सकिएको ठहर गरेको छ । ‘हामीले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छौं’केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अनलाइनखबरसँग भन्नुभयो-’सर्वोच्चको आदेशपछि यो संवैधानिक र नैनिक रुपमा सरकारको औचित्य समाप्त भयो भने हाम्रो ठहर छ ।’

संविधानसभाको म्याद थप्ने प्रस्तावमा सहमति जनाएको भन्दै चर्को आलोचना भएपछि सरकारमा पार्टीको नेतृत्व गरेको उपप्रधान एवं कानुनमन्त्री कृष्णप्रसाद सिटौलाले बिहीबार नै पार्टी सभापतिसमक्ष राजीनामा बुझाउनु भएको थियो ।

सिटौलासँग मन्त्री भएका सूर्यमान गुरुङले स्थानीय विकास मन्त्रालयको जिम्मेबारी सम्हादै आउनु भएको छ ।

तपाइँको प्रतिक्रिया ।