नवोदय बहुउद्धेश्यीय सहकारी संस्था लि को १३ औं वार्षीक साधारणसभा सम्पन्न

 नवोदय बहुउद्धेश्यीय सहकारी संस्था लि को १३ औं वार्षीक साधारणसभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस २५ ।

नवोदय बहुउद्धेश्यीय सहकारी संस्था लि को १३ औं वार्षीक साधारणसभा सनिबार सम्पन्न भएको छ ।

संस्थाले आर्थिक वर्ष ०७६/०७७ मा करिब १ करोड ३६ लाख आम्दानी गरेको जनाइएको छ । साधारण सभामा प्रस्तुत भएको प्रतिवेदन  अनुसार करिब १ करोड २९ लाख खर्च भएको छ भने करिब १ लाख २५ हजार आयकर भुक्तानी गरेको जानकारी दिएको छ ।

साधारणसभामा संचालक समितिका तर्फबाट अध्यक्ष राजन आचार्यले  वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विष्णु प्रसाद भट्टराईबाट आर्थिक प्रतिवेदन , लेखा समितिका संयोजक गणेश प्रसाद भट्टराईबाट लेखा समितिको प्रतिवेदनको साथै संस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पेश गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।