गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौं,पौष २४। गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सबको अवसरमा आयोजित क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको शुक्रबार क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु सम्पन्न भएको छ ।

कोरोनाको कारण खेल गतिबिधि प्राय ठप्प हुँदा प्रभावित बनेको खेल क्षेत्रलाइ चलायमान बनाउदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल  विजय श्रेष्ठ र  बिक्रम श्रेष्ठको जोडी संग प्रेमकुमार श्रेष्ठ र किरण कार्कीको जोडी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा प्रेमकुमार श्रेष्ठ र किरण कार्कीको जोडीले विजय श्रेष्ठ र  बिक्रम श्रेष्ठको जोडीलाई २१-११ र २१-११ अंकको सोझो सेटमा पराजित  गरि सेमिफाइनलमा प्रवेश गरेको थियो ।

आज नै सेमिफाइनलका खेलहरु समेत सम्पन्न भएको छ।  पहिलो सेमी फाइनल खेल  उमेश ढुंगाना र कमल परियारको  जोडी  संग श्रीकारंजित र राजकुमार श्रेष्ठको जोडी बीच भएको थियो उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको उक्त खेलमा श्री कारंजित र राजकुमार श्रेष्ठको जोडीले उमेश ढुंगाना र कमल परियारको  जोडीलाइ २१- १८ र २१ -१४ अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा  प्रवेश गरेको छ । आज नै भएको दोस्रो सेमिफाइनल खेल बाल कृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठको जोडी संग  प्रेमकुमार श्रेष्ठ र किरण कार्कीको जोडी बीच भएको थियो ।

निकैनै प्रतिस्पर्धात्मक रहेको सो खेलमा प्रेमकुमार श्रेष्ठ र किरण कार्कीको जोडीले बाल कृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठको जोडीलाइ  पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । उक्त खेलमा बाल कृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठको जोडीले प्रेमकुमार श्रेष्ठ र किरण कार्कीको जोडीलाई पहिलो राउण्डमा  २१- १८ अंकले पराजित गरे पनि दोस्रो र तेस्रो राउण्डमा प्रेमकुमार श्रेष्ठ र किरण कार्कीको जोडीले  बाल कृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठको जोडीलाइ  २१- १२ र २१- १७ अंकका साथ पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

शनिबार  तेस्रो स्थान र प्रथम स्थानको लागि खेल हुनेछ तेस्रो स्थानको लागि उमेश ढुंगाना र कमल परियार जोडी संग बाल कृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठ जोडी भिड्नेछ भने  फाइनल खेलका लागि   प्रेमकुमार श्रेष्ठ र किरण कार्कीको जोडी संग श्री कारंजित र राजकुमार श्रेष्ठको जोडी भिड्नेछ ।मंगलबार बाट गोकर्णेश्वर महादेव मन्दिर परिसरको कोर्टमा शुरु भएको प्रतियोगिता पौष १५ गते सम्म चल्नेछ। उक्त प्रतियोगितामा प्रथम र  दितीय हुनेले क्रमश नगद रु १० हजार ,७ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।