टोखा नगरपालिका २ का ज्येष्ठ नागरिकलाई घरमै पुगी सम्मान
कपन अनलाइन
काठमाडौं,पौष २२। नविना श्रेष्ठ
टोखामा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई घर- घरमा पुगी सम्मान गरिएको छ । टोखा नगरपालिका वडा नं २ ले गरिएको सम्मान कार्यक्रमका वडा सम्म उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरुलाई घर घरमा नै गएर सम्मान गरिएको हो ।वडा -२ का वडाअध्यक्ष दिपक जोशी सहित वडा सदस्यहरु अशक्त जेष्ठ नागरिक तथा एकलमहिलाहरूलाई सम्मान गर्न घरदैलोमा पुगेका छन । अशक्त जेष्ठ नागरिक हरूलाई घर सम्म पुगेर सम्मान गर्दा उनिहरुको आत्मबल बढ्ने र आशीर्वाद लिन पाउनुको साथमा जेष्ठ नागरिकहरूको समस्या समेत बुझ्ने पाउने हुँदा जनप्रतिनिधिहरु आफै घर- घर पुगेको कार्यक्रमका संयोजक वडा सदस्य पञ्च कुमारी श्रेष्ठले जानकारी गराइन ।
जनप्रतिनिधि भएर आए संगै टोखामा ज्येष्ठ नागरिकहरुलाई घर दैलो कार्यक्रम मार्फत सम्मान लगायतको कार्यक्रम गर्दै आएको उपप्रमुख ज्ञान माया डंगोलले जानकारी गराएकी छिन। कोरोना महामारीका कारण ज्येष्ठ नगारिकहरुलाइ घर घर गएर भेट्दा जोखिम हुने भएकोले त्यस्ता कार्यक्रम गर्न नसकेको बताउदै ज्येष्ठ नागरिकहरु प्रति टोखा नगरपालिका संबेदनशील रहेको बताइन। उनले ज्येष्ठ नागरिकहरुको लागि भनेर नगरपालिकाले निशुल्क होल बडी स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिदैअहिले टोखा चण्डेश्वरी आइसोलेशन वार्ड प्रदेश अस्पताल भएकोले यस्ता कार्यक्रम गर्न नसकेको जानकारी गराएकी छिन ।प्रत्येक वडामा जेष्ठ नागरिकका लागि आश्रम, र विश्रम पार्क बनाउने योजना भएको हुँदा स्थान छनौट गर्न अनुरोध समेत गरेकी छिन ।
बिगतका वर्षमा ज्येष्ठ नागरिकहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत ज्याकेट वितरण गरेको स्मरण गर्दै यो वर्ष कोभिड १९ र बढ्दो चिसोलाइ मध्य नजर गरि जेष्ठ नागरिकहरुलाई इलेक्ट्रोनिक मग र थर्मस दिँदा धेरै सहज हुने भएकाले वडामा उपस्थित हुन नसकेका जेष्ठ नागरिक हरूलाई घर सम्म गई सम्मान सामाग्री उहाँहरुको हातमा दिइएको वडा २ का अध्यक्ष दिपक जोशीले बताए।
विगतलाई फर्केर हेर्दा तुख्य नामले मात्र सीमित भएको ठाँउलाई आज टोखा नामले परिचय दिन र आफु वडा २ का सदस्य भनि आज गर्वका साथ परिचय दिन पाउनुमा यिनै जेष्ठ नागरिकहरुकै ठूलो योगदान रहेको वडा २ का सदस्य हेराकाजी डंगोलले बताए। उनले ज्येस्ठ नागरिकहरुको त्याग योगदान र ज्ञानलाइ कदर गर्दै स्थानीय बिकासको काममा दिन रात नभनी अहोरात्र लागिरहेको र भोलिका दिनमा पनि लागिरहने बताएका छन।
।