तेक्वान्दो च्याम्पिनसिप टिम द्वारा क्यानसर पीडितलाइ आर्थिक सहयोग

तेक्वान्दो च्याम्पिनसिप टिम द्वारा  क्यानसर पीडितलाइ आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं पौष २२ ।काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले क्यानसर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।कार्यसमितिका पदाधिकारीले ११ हजार २० रुपैयाँ तथा च्याम्पियनसिप टिमले ११ हजार रुपैयाँ गरी कुल २२ हजार २० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको कार्यसमितिका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।

कार्यसमितिका अध्यक्ष खड्काले ५ हजार, सचिव कुमार लामा घिसिङ, सह–सचिव राजेन्द्र पुजारी, कोषाध्यक्ष बब्लु सिवाकोटी, सदस्यद्वय सारदा धिताल र अनुभव थापाले समान १–१ हजार तथा सह–सचिव गणेश तामाङ र सदस्य मनोजकुमार शाहले समान ५ सय १० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।कार्यसमितिका पदाधिकारीले पीडितलाई उनको गोंगबुस्थित निवासमा पुगेर आर्थिक सहयोग उपलब्ध गराएका थिए । पीडितको हात्तीवनस्थित नेपाल क्यानसर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।