ओखलढुंगाका बहुमत जिल्ला कमिटी सदस्यहरुको साथले यज्ञराज सुनुवारलाई राहत

ओखलढुंगाका बहुमत जिल्ला कमिटी सदस्यहरुको साथले यज्ञराज सुनुवारलाई राहत

कपन अनलाइन

ओखलढुंगा ,पुस १६

ओखलढुंगा जिल्लाका बहुमत जिल्ला कमिटी सदस्यहरु प्रचण्ड – माधव नेपाल पक्षमा खुलेका छन। ओखलढुंगा जिल्ला कमिटीमा रहेका १४१ जना जिल्ला सदस्यहरुमा करिव १०० भन्दा बढी सदस्यहरु संसद बिगठनका विरुद्ध उभिए पछि ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले राहत महसुस गरेका छन ।

बालकृष्ण ढुङेल , अम्बिर बाबु गुरुङ ,किशोर अधिकारी , मोहन श्रेष्ठ, नानीबाबु बुढाथोकी ,तिर्थ सुवेदी  सहित प्रभावशाली नेताहरु प्रधानमन्त्री केपी ओलिको पक्षमा उभिए पछि निकै सकसमा परेका सुनुवारले बहुमत जिल्ला सदस्यहरुले साथ दिए पछि केहि राहत महसुस गरेको एक जिल्ला सदस्यले कपन अनलाइनलाई बताएका छन।

ओखलढुंगा जिल्ला कमिटीका केहि सदस्यहरु अझै मौन रहेको बताउदै जिल्ला अध्यक्ष मोहन खड्काले अधिकांस गाउँपालिका कमिटी र नगर कमिटीले आफुहरुलाइ साथ दिने दावी गरेका छन।

आफ्ना पुराना सहयात्रीहरुले साथ छाडे पछि अफ्ट्यारोमा   परेका सुनुवारलाई जिल्ला अध्यक्ष खड्का , ओखलढुंगाका पुराना बामपंथी नेता नेत्र भट्टराई, ओखलढुंगाका नेता बाबुराम गौतम लगायतले साथ दिएका छन भने ओखलढुंगा जिल्लाको कम्युनिस्ट राजनितीमा प्रभावशालि भुमिका खेल्ने वकिलहरुको समुह भने पर्ख र हेरको अवस्थामा रहेको अनुमान गरिएको छ।

तपाइँको प्रतिक्रिया ।