टोखा नगरपालिका वडा नं.१ मा उद्घाेषण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस १५।

टोखा नगरपालिका वडा नं.१ मा १४ दिने उद्घाेषण तालिम सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं.१ द्धारा आयोजित र सुरेखा प्रोफेसनल ट्रेनिङ्ग सेन्टरको संयोजकत्वमा बाैडेश्वर मा.विमा १४ दिने उद्घोषण तालिमको आज एक समारोह बिच कार्यक्रम सम्पन्न भएको छ ।

उद्घाेषण तालिमको प्रमुख अतिथिमा टोखा नगरपालिकाकी उप-प्रमुख ज्ञानमाया डंगोल रहेकी छिन , भने कार्यक्रमको सभापतिमा टाेखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारी रहनुभएको थियो। साथै टाेखा नगरपालिका १ का वडा सदस्य, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लगायत , सुरेखा प्रोफेसनल ट्रेनिङ्ग सेन्टरका प्रतिनिधीहरु र स्थानिय विकास प्रेमिहरुको उपस्थिति रहेको थियो ।

उद्घोषण तालिममा ३६ जनाको सहभागिता भएको उक्त कार्यक्रममा अधिकांश महिला दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।