कागेश्वरी मनोहरा नगरपालिकामा हालसम्म १५८४ जनाले कोरोना जिते : कृष्णहरि थापा (नगर प्रमुख)

कपन अनलाइन

काठमाडौं ,पौष ८।  कागेश्वरी मनोहरा नगरपालिकाले पौष ७ गते सम्मको कोरोना अपडेट जारी गरेको छ । जस अनुसार हाल सम्म ७१८ जना महिला र १०९८जना पुरुष गरि कुल १८१६ जनामा कोरोना संक्रमण भएको नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन्  । त्यसै गरि  उनले हाल सम्म ६०८ जना महिला र ९७६जना पुरुष गरि कुल  १५८४जनाले कोरोना जितेको पनि  उल्लेख गरेका छन।उनले वडागत कोरोना बिवरणको बारेमा  जानकारी दिएका छन्। जस अन्तर्गत

१) वडा नं. १ मा = १० जना

२) वडा नं. २ मा = ५ जना

३) वडा नं. ३ मा = ५ जना

४) वडा नं. ४ मा = ५ जना

५) वडा नं. ५ मा = १६ जना

६) वडा नं.६ मा = ३९ जना

७) वडा नं. ७ मा = ७ जना

८)वडा नं. ८ मा = ५ जना

९) वडा नं. ९ मा = १२१ जना गरि कुल  २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी गराएका छन।

तपाइँको प्रतिक्रिया ।