धरानमा नेपाल स्काउटको SMS अभियान शुरु

कपन अनलाइन

धरान ,पुस ७ ।

नेपाल स्काउट र युनिसेफबीचको सहकार्यमा कोरोना प्रकोपलाई न्युनिकरण गर्न चलाइएको एसएमएस अभियान धरानमा सुरु भएको छ ।
धरानको भानुचोकमा कार्यक्रम गर्दै एसएमएस कार्यक्रम अर्थात् सोसियल डिस्टेन्स, मास्क र सेनिटाइजर प्रयोग गरी कोरोना संक्रमणबाट बच्नकालागी आह्वान गरिएको छ ।

धरान सहित झापा, बिराटनगर, इटहरी, उर्लाबारी र इटहरीमा यो कार्यक्रम सुरु भएको स्काउटका प्रदेश तदर्थ सदस्य हेमन्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा कोरोना विरुद्ध सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र हात सफा राख्ने कुरालाई सबैले पालाना गर्न सुझाउने साथै चोक चोकमा गएर सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरिने छ । धरानमा पनि मास्क र सेनिटाइजर वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।