Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/132039199_3777436645611758_2921520496532803695_n-e1608521547269.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

कपन अनलाइन

काठमाडौँ, पौष ६ कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं.१ गागलफेदीमा आधारभूत  स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको  छ ।शुक्रबार  आयोजित एक कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले सो स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै  नगर प्रमुख थापाले वडा नं. १ गागलफेदीको शहिद पार्क नजिकका बासिन्दाहरुलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्दउश्यले आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको  बताएका थिए  ।

नगर प्रमुख थापाले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका लागिपरेको बताउदै स्वास्थ्य सेवालाई नगरबासीमैत्री बनाइएको बताएका थिए  ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, वडा नं. १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेल र स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइराला लगायतले शुभकामना मन्तब्य राख्दै वडा नं.१ गागलफेदीको माथिल्लो भेगमा बस्ने नगरबासीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा सहित स्वास्थ्य संस्था स्थापना गरिएको जानकारी गराएका थिए ।

कागेश्वरी मनोहरा नगरपालिकामा ५ वटा स्वास्थ्य चोकी, एउटा मुलपानी नगर अस्पताल, वडा नं. ४, ७ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र (शहरी स्वास्थ्य क्लिनिक) हाल सञ्चालनमा रहेका छन् ।अब कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा स्थापना भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र संगै नगरमा ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रले स्वास्थ्य सेवा प्रदान गरिरहेको स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालाले जानकारी गराएकी थिइन् ।कागेश्वरी मनोहरा नगरपालिकाले ११ वटा गाउँघर क्लिनिक, २२ वटा खोप क्लिनिक २ वटा प्रजनन् स्वास्थ्य सेवा केन्द्र मार्फत् पनि नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।एउटा आयुर्बेद औषधालय पनि कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालनमा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।