गोकर्णेश्वरमा युनेस्कोको सहयोगमा व्यावसायिक सिप विकास तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,पौष ४।  युनेस्कोको आर्थिक  सहयोग  तथा गोकर्णेश्वर नगरपालिका र एफ स्किल प्रालिको संयुक्त आयोजना तथा राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामति(स्मारक)यज्ञडोल जगडोल सामुदायिक बनको  ब्यबस्थापनमा  संचालित व्यावसायिक सिप विकास तालिम समापन तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामति(स्मारक)यज्ञडोल जगडोल सामुदायिक बनको कार्यालयमा भएको सिप विकास तालिम अन्तर्गत  तीन महिने फर्निचर र मोवाईल मर्मत तालिम  सम्पन्न भएको हो।

 कुल ३२ जना प्रशिक्षार्थी सहभागी भएको  उक्त तालिम समापन कार्यक्रमको प्रमुख अतिथिको  रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेरहेका थिए भने बिशेष अतिथिको रुपमा युनेस्को  निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका सहायक महासचिब डा.बाबुराम अधिकारी , युनेस्को काठमाडौंका सल्लाहकार डा.ध्रुर्बराज रेग्मी , गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ अन्तराष्ट्रिय कलाकार सरगम सम्राट पाख्रिन मोबाइल प्रशिक्षक कुमार नेपाली, फर्निचर प्रशिक्षक नारयण शिल्पकार,लगायत प्रशिक्षार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामती समरक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले गरेका थिए भने कार्यक्रम संचालन युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग म्यापका सदस्य राजकुमार केसीले गरेका थिए।

कोरोना भाइरसका कारण उत्पन्न सङ्कटका बेला  रोजगारी गुमाएका तथा बेरोजगारी युवाहरुलाई शिप प्रदान गरि आत्मनिर्भर बनाउने उदेश्यले आयोजित उक्त तालिमको समापन सत्रमा युनेस्को  निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका सहायक महासचिब डा.बाबुराम अधिकारीले शुभकामना मन्तब्य सहित   सिकेका शिप व्यवहारमा उतार्न अनुरोध गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा  बोल्दै  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै वेरोजगार युवाहररुलाई दक्ष बनाउने उद्देश्यका साथ संचालित  तालिमले युवाहरुको आर्थिक उन्नती हुने र जिवन सरल सहज हुने  बिश्वास ब्यक्त गरे  । उनले सिकेका ज्ञान व्यवहारमा उतार्न अनुरोध गर्दै आफू पनि बाच्ने र अरुलाई पनि जागिरको श्रृजना गर्ने गरि स्वरोजगार बन्नको लागि अनुरोध गरेका थिए ।उनले सिप र ज्ञानका लागि गरिने लगानी नै सबैभन्दा उत्कृष्ट लगानी भएको बताउदै नगरपालिकाले त्यसलाई महत्वका साथ् अघि बढाईरहेको बताए ।आजको डिजिटल युगमा हामीले ठूल–ठूला डिग्रीहरु हासिल गरेपनि हामीसँग सिप छैन् भने त्यो डिग्रीले खासै अर्थ नराख्ने बताउदै  सिप बिनाको शिक्षाले सहि मार्गनिर्देशन गर्न  नसक्ने बताए।

पढाईले हामीलाई  बाटो देखाउने काम त गर्छ तर आजको युगमा सफलता हासिल गरेका जुनसुकै क्षेत्रका मान्छेहरुलाई हेर्ने हो भने उनीहरुले पढाईलाई भन्दा सिपलाई बढी महत्वदिएर सफल भएका छन्  यसको अर्थ पढाई हामीलाई आवश्यक छैन भन्ने चाही अवश्य हैन । आज जति पनि सफल व्यक्तिहरु छन, ति सबैले पढाईसँग सँगै सिपलाई बढी महत्व दिएर नै अरु भन्दा एक कदम अगाडी पुगेका छन्  उनले भने ।गोकर्णेश्वर नगरपालिकाले पनि नगरबासीलाइ बिभिन्न सिपमुलक आयआर्जनका  तालिमहरु प्रदान गर्दै आएको बताउदै आगामी दिनमापनि त्यस्ता तालिम प्रदान गर्दै जाने बताए ।

 कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, युनेस्को काठमाडौंका सल्लाहकार डा.ध्रुर्बराज रेग्मी अन्तराष्ट्रिय कलाकार सरगम सम्राट पाख्रिन  लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रममा मोबाइल प्रशिक्षक कुमार नेपाली, फर्निचर प्रशिक्षक नारायण शिल्पकार, र प्रशिक्षार्थी अमृता केसी र पेमा भोटेले  प्रशिक्षण दौरानका  अनुभब बताएका थिए ।

कार्यक्रममा  अध्यक्षताको आसन बाट बोल्दै राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामति समरक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले  अन्त जान लागेको सो तालिम गोकर्णेश्वर नगरपालिकामामा गराउन पाउदा खुसि लागेको बताउदै आगामी दिनमा पार्कमा   युनेस्को समेत जोडिएको हुँदाअन्य आय आर्जनका तामिल प्रदान गर्दै  जाने बताउदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।