नेपाल स्काउट उपत्यकाका तीन जिल्लामा तालाबन्दी
कपन अनलाइन
काठमाडौं ,पुस २।
नेपाल स्काउट प्रगतिशिल संघर्ष समितीले उपत्यकाका तीन जिल्लामा तालाबन्दी गरेको छ । भक्तपुर जिल्ला स्काउट कार्यालयमा भएको स्काउट लिडरहरुको भेलाले तालाबन्दी गर्ने निर्णय गरेसँगै लैनचौर स्थित काठमाडौं जिल्ला कार्यालय, भक्तपुर जिल्ला स्काउट कार्यालय र भक्तपुर जिल्ला स्काउट कार्यालयमा ताला बन्दी गरिएको हो ।
स्काउट भित्र गैर स्काउटहरुको हावी भएको भन्दै स्काउटको सम्पती रक्षाका लागि तालाबन्दी गरिएको बताइएको छ । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीको ठाडो आदेशमा जिल्ला बिगठन गर्दै सम्पती प्रदेश स्काउटलाई बुझाउन भनेको प्रति संघर्ष समितीले आपक्ती जनाएको छ । गैर स्काउटहरु र राजनैतिक दलका कार्यकर्ताहरुको नेतृत्वमा प्रदेश कमिती गठन भएको र संस्थाको सम्पती प्रदेशलाई बुझाउन नहुने भन्दै तालाबन्धी गर्न बाध्य भएको संघर्ष समितीका संयोजक पुण्यराम गोथेले बताउँनु भयो । उहाले लैनचौर स्थित केन्द्रको जग्गा नै माफियाहरुबाट असुरक्षित रहेका बेला हरेक स्काउटको रगत पसिनाबाट बनाएको जिल्ला स्काउटको सम्पती गैर स्काउटको जिम्मामा दिन नसकिने बताउँनु भयो ।
उता, ताला लगाएसँगै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीको आदेशमा केहि व्यक्तीहरुले ललितपुर जिल्लामा भने ताला फुटाएका छन् । ताला फुटाइए पनि स्काउटको सम्पती माथी गैर स्काउटलाई कब्जा गर्न नदिने संर्घष समितीले जनाएको छ ।
साथै स्काउट भित्र गैर स्काउटहरुको मनोमानी र राजनैतिक क्रियाकलाप भएको भन्दै त्यस विरुद्धको आगामी शनिबार संघर्ष समितीले मौन प्रदर्शन समेत गर्ने भएको छ । समितीले व्यक्तिगत पूर्वाग्रहबाट माथी उठेर संस्थाको रक्षाका लागि एकजुट हुन समेत सम्पूर्ण स्काउटहरुलाई आव्हान गरेको छ ।
नेपाल स्काउटका संयोजक भण्डारीले गैर स्काउट नेकपाका पार्टी कार्यकर्ताहरुलाई प्रदेश समितिमा मनोनित गरेसँगै देशभरका स्काउट आन्दोलित बनेका छन् । साथै भण्डारीलाई ६ महिना भित्रमा स्काउटको निर्वाचन गराइ सक्नु भनेर युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारी दिएको भएपनि ऐन जारी भएको २१ महिनासम्ममा पनि निर्वाचन नगरेको भन्दै उनलाई बर्खास्त गर्नु पर्ने पनि समितीको माग छ ।