स्थानीय तहका जनप्रतिनिधिलाई प्राधिकरणको पोलले दिएको पिडा
कपन अनलाइन
काठमाडौं , पुस २।
काठमाडौं महानगरपालिका वडा नं ७ मैजुबहाल क्षेत्रमा करिव ८ करोडको सडक कालोपत्रे योजना सम्पन्न हुँदा करिव ४३ लाख रुपैया नेपाल बिद्युत प्राधिकरणको पोल सार्न खर्च भएको छ। सडक निर्माण र कालोपत्रे गर्ने क्रममा भएको विस्तार र सिमांकनका समयमा सडकमा पर्ने पोल सार्न ठुलो धनराशी संगै समय र श्रम खर्च गर्नु परेको वडा नं ७ का अध्यक्ष सुद्ध डंगोलले बताए।
यो त् प्रतिनिधि मुलक उदाहरण मात्र हो। काठमाडौं उपत्यका सहित नेपालका हरेक स्थानीय तहमा द्रुत गतिमा भैरहेको सडक निर्माणमा देख्दा सानो तर परिणामका हिसावले ठुलो शर पारिरहेका पारिरहेका यस्ता पोल हटाउन मात्रै निकै ठुलो धनराशी खर्च भैरहेको छ।
कतिपय स्थानमा जिर्ण बनेका पोल साट्ने र सडक क्षेत्रमा रहेका पोल सार्ने कार्य गर्दा हुने प्रक्रिया र लाग्ने लगानीको एकमुस्ट हिसाव निकाल्ने हो भने निकै डरलाग्दो तथ्यांक आउने देखिन्छ भने यसका लागि जनप्रतिनिधिले पाउने दुख गर्नुपर्ने भनसुन र कुद्नुपर्ने समय पनि सोचनीय विषय रहेको छ।
यति मात्र हैन विद्युत प्राधिकरणको पुल कामचोर र समय ठगि गर्ने ठेकेदारहरुको दरिलो हतियार पनि बनेका उदाहरणहरु धेरै ठाउमा देख्न सकिने एक जनप्रतिनिधि बताउछन। सडकमा रहेको एउटा पोल देखाएर साइट क्लियरेन्स नभएको भन्दै योजना अलपत्र पार्ने ठेकेदारहरु जताततै भेटिने बताउदै यस विषयमा सम्बन्धित निकायले गम्भीरता पुर्वक सोच्नुपर्ने धारणा राखेका छन।