गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखारापुर नगरपालिकामा पत्रकारिता तालिम शुरु
कपन अनलाइन
काठमाडौं ,पुस १।
गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम शुरु भएको छ। मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा शुरु भएको तालिममा तिन नगरपालिकाका सबै वडा बाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।
गोकर्णेश्वर नगरपालिका नयाँ बस्तिको ड्रिम हाउस इन्टरनेसनलमा शुरु भएको सो तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह ,संघियता ,नेपाली कम्युनिस्ट आन्दोलन लगायतका विषयमा बरिस्ट प्रशिक्षकहरुले प्रशिक्षण दिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारीले जानकारी दिएका छन।
उक्त तालिम उद्घाटनमा तालिमको उदेस्य माथि प्रकास पार्दै मदन भण्डारी फाउन्डेसनकी केन्द्रिय सचिव पेम्बा लामाले स्थानीय तहका सकारात्मक र सृजनात्मक कामहरुलाई संचार माध्यम र सामाजिक संजाल मार्फत व्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताएकी छन।
पहिलो चरणमा बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिकामा पत्रकारिता तालिम सम्पन्न गरिएको जानकारी दिदै पौष १ गते बाट काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाको तालिम शुरु हुने बताएका छन।