बुढानिलकण्ठ -८ का सार्वजनिक जग्गा संरक्षणका लागि विशेष योजना ल्याउदैछौ : अध्यक्ष सुमन तामाङ

बुढानिलकण्ठ -८ का सार्वजनिक जग्गा संरक्षणका लागि विशेष योजना ल्याउदैछौ : अध्यक्ष सुमन तामाङ

कपन अनलाइन

काठमाडौं ,मंसिर २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङले वडामा रहेका सार्वजनिक जग्गाहरुको संरक्षणका लागि विशेष योजना बनाउने तयारी गरेको बताएका छन।

नेकपाका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा .राजन भट्टराई संगै   वडा नं ८ का विभिन्न स्थानमा रहेका विकास योजनाको निरीक्षणका क्रममा सार्वजनिक जग्गाहरुको अनुगमन गरेका अध्यक्ष तामाङले ति जग्गाको संरक्षणका लागि वडाले  योजना बनाइरहेको जानकारी दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकामा धेरै सार्वजनिक जग्गाझारु रहेको जानकारी दिदै अध्यक्ष तामाङले मर्क्सीय गुरुकुलको करिव ७८ रोपनी , लोकेश्वर मन्दिर क्षेत्रको ५४ रोपनी ,भंगाल क्षेत्रको २७ रोपनी सहित अन्य क्षेत्रमा रहेका सबै जग्गाहरुको विवरण संकलन पश्चात रेखांकन र संरक्षण कार्यलाई अभियानका रुपमा संचालन गर्ने बताउदै अध्यक्ष तामाङले कुनै ठाउमा जग्गा अतिक्रमण भएको भए वडा कार्यलाई जानकारी गराउन आग्रह गरेका छन।

वडामा रहेका सार्वजनिक जग्गा र सम्पत्ति संरक्षण गर्न नसके भावी सन्तति प्रति अन्याय हुने भन्दै उनले हाल वडामा रहेका २ वटा सार्वजनिक सौचालयको शंख्या बढाउदै लैजाने जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।